×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त

२३ भाद्र २०७७

काठमाडौँ : ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन ।

जबकि यो आयोजनामा संघीय सरकारकै सबैजसो अधिकारीदेखि सरोकारवाला निकायको अत्यधिक चासो, अनुगमन, निगरानी र प्राथमिकतासाथ बजेट विनियोजन हुने गरेको छ । तर पनि आयोजनाको प्रगति लक्ष्यअनुसार छैन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहे पनि अन्य ठूला सडक आयोजनाको उदाहरण यस्तै छ । निर्माणले गति लिनुको सट्टा झमेलामा परेका छन् ।

हुलाकी राजमार्ग आयोजना सुरुमा भारत र नेपाल सरकारबाट संयुक्त रूपमा सञ्चालित थियो । भारतबाट निर्माण व्यवसायी र परामर्शदाता आएर काम भयो । तर भारतीय निर्माण व्यवसायीले बीचमै काम छाडेपछि यसको स्वरूप परिवर्तन गरियो । नयाँ तरिकाबाट अघि बढ्दा भारतले ५ अर्ब भारतीय रुपैयाँ (नेपाली ८ अर्ब रुपैयाँ) हुलाकी राजमार्गलाई नियमित गर्ने भनिएको थियो ।

भारतीय सहयोगमा निर्माणाधीन १० वटा सडकको १४ वटा ठेक्का गरिएको आयोजनाका प्रमुख रोहित बिसुरालले जानकारी दिए । ८ वटा ठेक्काको काम सकिएको छ । निर्माण सकिएका सडक हस्तान्तरण गर्न बाँकी छ । हुलाकी राजमार्गअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग पर्छ । सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर १ हजार ७ सय ९२ किमि रहेको यो राजमार्ग निर्माण सक्ने मिति ०७९/८० सम्म मात्र छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या लाभान्वित हुनेछन् । प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रहेकामा संशोधित लागत ६५ अर्ब २० करोड छ ।

अर्को आशा जगाउने सडक हो, काठमाडौं–तराई मधेस द्रुतमार्ग । यो सडक सञ्चालनमा आए एकडेढ घण्टामै काठमाडौंबाट बारा पुगिनेछ । तर निर्माणमा आधा पनि प्रगति नभएकाले अझै केही वर्ष यो मार्ग हुँदै यात्रा गर्न पर्खनुपर्नेछ । यो द्रुतमार्ग निर्माण सक्ने लक्ष्य हो, आर्थिक वर्ष ०८०/८१ । तर अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ ।

मुख्य सुरुङ र पुल निर्माणको काम सुरु भएको छैन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुन कठिन छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट निर्माण थालिएको द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । १ खर्ब ७५ अर्ब लागत रहेको यो द्रुतमार्गमा अझै पहाड कटिङ र माटो फिलिङको काम सकिएको छैन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नमै ढिला भयो । समय धेरै भएकाले तोकिएकै समयमा काम सक्ने गरी निर्माण भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन् । परामर्शदाताले भनेअनुसार काम गर्न सके तोकिएकै समयमा आयोजना सक्न समस्या छैन । तोकिएकै समयमा काम सक्नेमा आफू विश्वस्त रहेको उनको दाबी छ । पहाड कटिङ र माटो फिलिङको काम ४ किलोमिटर बाँकी छ । १ दशमलव ५ किमि ०७७ माघ र थप २ दशमलव ५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुअब्जा नपाएपछि उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । विवाद अझै सुल्झिएको छैन ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top