×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

गम्भीर रियाक्सन देखिँदा रोकिएको कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु

२८ भाद्र २०७७

२८ भाद्र, एजेन्सी ।
एस्ट्राजेनेकासँगको सहकार्यमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ ।

खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि तत्कालका लागि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले बताएको बिबिसीले उल्लेख गरेको छ । खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको बताइएको थियो । तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने बताएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । तत्कालका लागि गरिएको खोप परीक्षणको रोकले मानिसको सुरक्षा पहिलो प्राथमिकतामा रहेको देखाउने उनले बताए । खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर रियाक्सन देखिने र बिरामी पर्ने सम्भावना हुने बताउँदै विश्वविद्यालयले अहिलेको पटक पनि त्यहि भएको उल्लेख गरेको छ ।

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ। एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिँदा केही समय रोकिए पनि पुनः सुरु हुन थालेको हो । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा ।

तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टात न्यूजले प्रकाशित गरेको थियो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ । राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top