२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
कुल संक्रमित मध्ये १५ हजार १ सय १७ जना हाल आइसोलेसनमा उपचाररत छन् ।
आज आइतबार मात्र १ हजार १ सय ७३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसंगै हालसम्म उपचारपछि निको हुने संक्रमतिको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।