×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु

२८ भाद्र २०७७

२८ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका अनुसार ६५÷६५ वर्षिया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष तथा कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । प्रदेश नम्बर १ मा ३ सय १५, प्रदेश नम्बर २ मा ८ सय १२, बागमती प्रदेशमा ४ हजार १३ र गण्डकी प्रदेशमा ७ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय १७, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७० गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७६, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३५, बागमती प्रदेशमा ३ हजार ७ सय ५० र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३७ जना गरी देशभरी ७ हजार ३ सय ३७ जना रहेका छन । यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ४ सय ४१, प्रदेश नम्बर २ मा १० हजार ८ सय ३१, बागमती प्रदेशमा ७ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा २ हजार २ य १८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना गरी देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना छन् ।

सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उनले बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top