×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

अख्तियार सानातिना मुद्दा अल्झियोः सुर्यनाथ उपाध्याय

२९ भाद्र २०७७

२९ भदौ, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् । पछिल्लो आठ÷दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सहीढंगले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उनले बताए । उनले भने ‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिदैन् । अलिकति सानातिना मसिना केसहरुमा लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार ३ जहाजार मान्छे समातिराखेको छ । हुनत केही मुद्दाहरु ठूला मुद्दाहरु पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दाहरु छन् । अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाचो परेको जस्तो देखिन्छ । ’

नेतृत्व चयन गर्दा नै होस पु¥याएर नगर्दाको परिणाम देखिएको आठ÷दश वर्षयता देखिएको बताए । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उनले बताए । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उनको भनाई छ । ‘पहिलो कुरा अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पु¥याएर नियुक्ती गर्नुप¥यो । जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पुरा खानतलासी गर्नुप¥यो । त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे । त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मुल्याङ्कन गर्छन सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन् । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ । ’

राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताए । उनले भने ‘जसले नियुक्ती गर्ने हो ति व्यक्तिहरु देशका जिम्मेवार व्यक्तिहरु हुन् । हामीले छानेर पठाएका व्यक्तिहरु हुन् । एकजना प्रधानन्यायाधिस बाहेक अरु सबैलाई हामीले छानेरै पठाएको हो । जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरुले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए । स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ । विपक्षि दलको नेता बस्नुहुन्छ संवैधानिक परिषदमा उहाँहरुले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योज्ञता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन । त्यसकारणले जिम्मेवारी उहाँहरुले लिनुपर्छ ।’

अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उनले बताए । अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाध्यायको भनाई छ । उनले कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियत्रणमा जान बाध्य पार्ने बताए । उनले भने ‘पहिले एउटा मिसन लिएर आउनुप¥यो । कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआएहुन्छ । त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिदैन् । गरेको पनि मान्छेले रुचाउँदैन् । आफुलाई खतरा पनि हुन्छ । तर केही गर्छु, देशका लागि मेरो मिसन छ म जन्मेको यहि देशमा हो, म नागरिक हुँ, मैले गर्दा धेरै काम हुनसक्छ भन्ने मिसन लिएर उद्देश्य लिएर त्यसप्रति प्रतिवद्ध छ भनेदेखि त्यस्तो मान्छे आउन पर्छ । जहाँ सम्म मान्छे खोेज्ने कुरा हो । मान्छे खोज्दापनि उसको पुरा विगत हेरेर मात्रै नियुक्त गर्नपर्छ । आइसकेपछि उक्त व्यक्तिमा प्रतिवद्धता छ भने त्यसले नेतृत्व पनि दिनसक्छ । यद्दपी त्यसले मात्रै सबै कुरा निर्णय गर्ने होइन् । तर नेतृत्व भनेको कुरा ठूलो कुरा हो । नेतृत्व दिन सक्दाखेरी उदाहरणीय हुन जान्छ र अरु आयुक्तहरु पनि नियन्त्रणमा जान सक्छन् । ’

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उनले बताए । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरीपनि व्यवहारीक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top