१ असोज, चितवन । चितवनमा आज विहीबार सार्जजनिक भएको कोरोना परीक्षणको रिपोर्ट अनुसार ४ सय १८ जनाको कोरोना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७८ जना सहित १ सय २ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नविनकुमार चौधरीले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेहरु ५ वर्षीय बालकदेखि ८७ वर्षीया वृद्धासम्म छन् । बिहीबार सार्वजनिक रिपोर्टअनुसार भरतपुर महानगरपालिका भित्रका मात्रै ५४ जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिकाका १९ जना, खैरहनीका ४ जना र राप्तीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
चितवन बाहिरका नवलपुरका १४ जना छन् । नवलपुरको गैंडाकोटका मात्रै ८ जनामा कोरोना पुष्टि भएको छ । सबैको चितवन मेडिकल कलेजको केन्द्रमा स्वाब संकलन गरिएको हो ।