५ असोज, काठमाडौं । नेपालमा आज मात्र १ हजार १ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल १७ हजार ६ सय ११ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज मात्र १ हजार ५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितहरुको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।