×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

प्रहरी हिरासत नै असुरक्षित, पीडित पक्षद्वारा न्यायको माग

६ आश्विन २०७७

धनगढी:  दुईसाताअघि प्रहरीको हिरासतमा मृत फेला परेका धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का १९ वर्षीय रोशन बि.क.का आफन्तसँगै विभिन्न दलित संघ संगठन र मानव अधिकारवादीसमेत न्यायका लागि निरन्तर अवाज उठाइरहेका छन्। सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीको जिल्ला प्रहरी कार्यालयको हिरासत भित्र युवकको रहस्यमय मृत्यु भएको घटनाले प्रहरी हिरासत भित्रको सुरक्षामै प्रश्न उठेको छ। ‘प्रहरी हिरासत भित्र युवकको ज्यान गएको घटना गम्भीर हो, पिडित परिवारले न्याय पाउनुपर्छ’ दलित अधिकारकर्मी चक्र बि.क.ले भने, ‘पिडित परिवारलाई न्याय दिलाउन संचार क्षेत्र लगायत सवैले शसक्त अवाज उठाइदिन आग्रह गर्छौ।’

मानवअधिकारवादी कृष्ण बि.क.ले प्रहरी हिरासत भित्र युवकको मृत्यु भएको घटना गंभिर भएपनि घटना ओझेलमा परेर पिडित परिवारले न्याय नपाउने अवस्था हुने चिन्ता व्यक्त गरेका छन। ‘सत्यतत्य छानबिन गरेर पीडितलाई न्याय पाएको महसुस दिलाईनु पर्छ।’

घटना यस्तो थियो

धनगढी उपमहानगरपालिका वडा नं. ५ का १९ वर्षीय रोशन वि.क. पसलवाट मोवाईल चोरीको आरोपमा भदौ २१ गते प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। शुक्रवार बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको रहस्यमय मृत्यु भयो। शव हेर्दा नाकमा रगत बगेको, मुख, निधार, आँखा माथी चोट देखिदा आफन्तले उनको मृत्युलाई शंकाको रुपमा हेरे। प्रहरीले बाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिदाँ ती युवकको ज्यान गएको बताएको छ। तर युवकको शव हेर्दा नाकवाट रगत बगेको, निधारमा, आखाँमा र मुखमा पनि चोट लागेकोले आफन्तले हत्या भएको बताएका छन। प्रहरीसँग बाथरुममा उनी झुण्डिएको अवस्थाको तस्विर छैन।

बाथरुममा झुण्डिएको खवर पाउने बित्तिकै प्रहरीले उनलाई झुण्डिएको अवस्थावाट निकालेर अस्पताल लगेको कैलालीका प्रहरी उपरिक्षक अनुपम शमसेर जवराले बताए। ‘झुण्डिएको अवस्थामा अलि हल्लिएको देखेर बचाउन सकिन्छ कि भनेर उद्धार गरि हस्पिटल लग्यौं’उनले भने, ‘तस्विर खिच्न पनि ध्यान भएन।’

झुण्डिने वेला छटपटाएर भित्तामा टाउको लागेर चोटपटक लागेको हुन सक्ने प्रहरीको दावी छ। तर नाकवाट र मुखवाट रगत कसरी आयो भन्ने कुरा भने अनुत्तरित नै छ। मृतकका आफन्तले भने जिउभरी निलडाम भएकाले युवकको हत्या भएको बताएका छन्। ‘छोराको टाउकोमा, मुखमा र शरिरभरी चोटपटक भएकाले कुटपिट गरेर हत्या गरिएको हो’, उनका वुवा टेकबहादुरले भने’, ‘सत्यत्थ्य कुरा बाहिर ल्याएर न्याय पाउनुपर्छ।’

पोष्टमार्टमको रिपोर्ट अझै सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाको सत्यतथ्य छानबिन समिती गठन गरि छानबिन गरिरहेको छ भने राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको छानबिन गरिरहेको छ।

मृतकसंगै पसलवाट मोवाईल चोरी गरेको आरोपमा संगै पक्राउ परेका उनका साथी रोहित पार्कीले बिहान बाथरुममा उनी गएको र पछि वाहिर नआएपछि ढोकाको प्वालवाट चियाएर हेर्दा झुण्डिएको अवस्थामा देखेको बयान दिएका छन्। प्रहरीको नियन्त्रणमै रहेका वेला ज्यान गएको घटनाले प्रहरी हिरासत भित्रको असुरक्षा व्यवस्था प्रष्ट भएको छ। कैलालीमा एक महिनाकै अवधिमा २ जनाको प्रहरी हिरासत भित्र ज्यान गएको छ।

यस अघि गत साउन २९ गते धनगढी उपमहानगरपालिका १४ फुलवारीका अमर बहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका वेला शौचालयमा घाटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। उक्त घटनाको पनि सत्यतथ्य अझै सार्वजनिक भएको छैन। प्रहरीले छेउमा व्लेट पनि फेला परेकोले व्लेटले घाटी आफै रेटेर आत्महत्या गरेको दावी गरेको थियो। एकपछि अर्को यि घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएका छन।, यो समाचार आजको नागकि दैनिकमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top