×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

नेतृत्वको नियत अधिवेशन गराउने छैन : रामचन्द्र पौडेल

६ आश्विन २०७७

काठमाडौँ : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले महाअधिवेशन नगराई पार्टीलाई संकटतिर धकेल्ने खोजेको आरोप लगाएका छन् । संवैधानिक संकट निम्ताएर पार्टीलाई दुर्घटनामा जान नदिनका लागि विशेष महधिवेशनको विकल्पसमेत उनले अघि सारेका छन् ।

पार्टीको पुराना संरचनाको समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यमा उत्पन्न अन्यौलपूर्ण स्थितिको कारण देखाउँदै पौडेलले तोकिएकै मितिमा महाधिवेशन नगराउने नियत नेतृत्वमा देखिएको बताएका हुन् ।

‘अब बाँकी रहेको पाँच महिनाको सिंगै अवधिलाई सदुपयोग गरी समयमै महाधिवेशन सम्पन्न गरौं भन्ने हो, त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो भनाई हो,’ पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो दृष्टिकोण राखेका छन ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुन ७–१० गते काठमाडौमा हुने तय भएको छ । कोभिड–१९ संक्रमणका कारण क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टीको समायोजनको काम रोकिएपछि महाधिवेशनको तालिका प्रभावित हुने देखिएको छ ।

फागुनको तालिका प्रभावित हुँदा अर्को ६ महिनाभित्र पनि महाधिवेशन नगराउने चलखेल बढेको पौडेलको आशंका छ । फागुनमा महाधिवेशन हुन नसके संविधान अनुसार थप ६ महिनाको समय थप्न सकिन्छ । त्यसभित्र पनि महाधिवेशन नभए संवैधानिक संकट निम्तिने र त्यतिबेला वर्तमान कार्यसमितिलाई निरन्तरता दिनका लागि निर्वाचन आयोगमा पठाउने चाल संस्थापनबाट हुनसक्ने आशंका पौडेलले गर्दै आएका छन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशन नै गर्न नसक्ने स्थिति उत्पन्न नभएको बताए । ‘फागुनमै महाधिवशन गर्न चूनौती छ । एक/दुई महिना सार्नुपर्ने अवस्था आउन सक्छ, तर जे गर्नुछ सहमतिबाटै गर्छौंर्,’ महतले कान्तिपुरसँग भने, ‘पौडेल दाईले भनिरहनु भएकोजस्तो परिस्थिति अहिले खडा भएको छैन ।’

देउवाले महाधिवेशनकै बिषयमा छलफल गराउन असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । महाधिवेशनको बिषयमा विभिन्न आशंका बढ्दै जान थालेपछि केही दिनअघि उनले संवैधानिक संकट आउन नदिने गरी महाधिवेशन समयभित्रै गर्ने बताएका थिए ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top