६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
कुल संक्रमितमध्ये आज १८ हजार १ सय ४२ जना संक्रमित आइसोलेसनमा छन् ।
आज माज्ञ ८ सय २३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
योसंगै हालसम्म डिस्चार्ज हुने संक्रमितको संख्या ४८ हजार ६१ पुगेको छ ।