×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

क्याप्टेन विजय लामा भन्छन्– ‘सामान्य रहेनछ कोरोना भाइरस’

७ आश्विन २०७७

काठमाडाैँ : कलाकार तथा नेपाल वायुसेना निगम (नेवानि) का वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। कोरोना संक्रमणको उपचार गराइरहेका उनले सोमबार विजय लामा अफिसियल युट्युब च्यानलमार्फत आफ्नो अनुभव सुनाएका थिए। ‘पिसिआरको रिपोर्ट पोजेटिभ आएपछि उच्च मनोबलसहित मैले यसलाई सकारात्मक रूपमा लिइरहेको छु,’ करिब २८ मिनेट लामो भिडियोमा उनले भनेका छनर, ‘कोरोना भाइरस महामारीको अवस्थामा सेवा दिँदा संक्रमित भएको हुँदा दुःखीचाहिँ छैन। कोरोना भाइरसलाई जितेर फेरि नियमित उडानमा फर्कनेछु।’

दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि गत साता उनलाई कोरोना संक्रणम पृष्टि भएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै उनी सोल्टी होटलको आइसोलेसनमा बसिरहेका थिए। उनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको एक टोलीलाई निगमको २७४ सिटको एक वाइडबडी जहाजमा लिई अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ज्वरो आएपछि होटलको आइसोलेसनमा उनलाई ललितपुरको स्टार अस्पताल लगिएको थियो। ‘ज्वरोसँगै टाउको दुखेको महसुस भएपछि औषधि सेवन गरिरहेको छु,’ भिडियोको सुरुमा उनले भनेका छन्, ‘जिउभरि एकदम पीडा महसुस भइरहेको छ। प्रशस्त पानी र फलफूल खाइरहेको छु। कोरोना भाइरस संक्रमण भयो भनेर डराएको चाहिँ छैन।’

उनले कोरोना भाइरसबाट बच्न सुरक्षित उपाय अपनाउँदाअपनाउँदै पनि संक्रमण सरेको तर्क गरे। ‘कोरोना भाइरसबाट बच्न सुरक्षित उपाय अपनाउँदा समेत संक्रमित भएँ,’ उनले स्मरण गरे, ‘पिसिआर पोजेटिभ भएसँगै खानाको स्वाद र सुँघ्ने शक्ति हराएको अनुभव हुने रहेछ। यसलाई गम्भीरतापूर्वक नलिए संक्रमण देखिन सक्छ।’ आइसोलेसनको बसाइका क्रममा जीवनको महत्वबारे बुझ्न पाइरहेको उनले बताए। ‘अहिले जीवनबारे बुझ्न समय पाइरहेको छु,’ भिडियोमा उनले भनेका थिए, ‘म बलियो भएर कोरोना भाइरस संक्रमणबाट निको भएर फर्कनेछु भन्ने मनोबलले मलाई प्रोत्साहित गरिरहेको छ। ज्वरो बढेर १०३ पुगेसँगै चिकित्सकको सल्लाहअनुसार स्टार अस्पतालमा उपचार गराइरहेको छु। कोरोना कहरको महसुस बल्ल हुँदैछ। अहिलेको परिस्थितिमा घुम्ने र पार्टी जानेलगायत गतिविधिलाई माया मार्दा राम्रो होला। कारण, जीवन अमूल्य छ।’

अस्पताल पुग्दा गम्भीर स्वास्थ्य अवस्थामा पुगेका उनी सामान्य अवस्थामा फर्कंदैछन्। बल्ल खानाको स्वाद थाहा पाउँदैछन्। ‘नियमित चिकित्सकहरूको निगरानीमा छु,’ उनले भिडियोमार्फत भनेका छन्, ‘उहाँहरूको सल्लाहअनुसार औषधि र खाना खाइरहेको छु। बल्ल स्वास्थ्यको अवस्था सुधिँ्रदै गएको महसुस हुँदैछ।’, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top