७ आश्विन, काठमाडौं ।
ललितपुरमा उपचारारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए।
यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।