७ आश्विन, काठमाडौं ।
कोरोना संक्रमित हुने नेपाल प्रहरीको संख्या ३९ सय १२ पुगेको छ ।
जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा मात्रै एक हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।
यस्तै प्रदेश १ मा १६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १७२ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा १५१ जना, प्रदेश ५ मा १३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।