×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतिमै

७ आश्विन २०७७

७ असाेज, न्यूयोर्क।

संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् ।

विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उहाँका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए।

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उनमा अटल विश्वास छ । ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ ।

जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए ।

यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए।

राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, “यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।” मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नु परेको थियो ।

मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरुप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनसक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे। दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुनसक्ने जानकारी दिए।

उनीहरूले यदि संयुक्तराज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएका थिए । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने, “हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।”

अझै, राष्ट्रव्यापी रुपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही हप्तामा नै “अमेरिका खोलौं” भन्ने अभियान चलायो । सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पु¥याउन निकै कडा नयाँ निर्देशिकाहरु तयार गर्यो । तर ह्वाइट हाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइट हाउसका नीति निर्माताहरुले सिडिसीका वैज्ञानिकहरुप्रति लक्षित गर्दै “दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरु” भन्दै आलोचना गरे ।

एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरु र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिशहरू गरेको थियो ।

अनुमान गरिएझैं नतिजा आयोः समुदायहरू फेरि खुलेपछि संक्रमण तिब्र गतिमा वृद्धि भयो, र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो । सिडीसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइट हाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो ।

रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ, र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरुले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् ।

“मलाई पक्का विश्वास छ कि यो सजिलो छैन, तर यो सिडिसीको प्रतिष्ठाको लागि यो आवश्यक छ,” २० वर्षसम्म सिडिसीमा कार्य गर्नु भएकी फ्लोरिडा विश्वविद्यालयकी चिकित्सा विज्ञानकी प्राध्यापक डा सोन्जा रास्मुसेनले भनिन् । “हामीलाई यो महामारीबाट पार लगाउन एक बलियो र विश्वासयोग्य सिडिसी चाहिएको छ जसले भविष्यमा पनि सार्वजनिक स्वास्थ्य आपतकालबाट जनतालाई सुरक्षित गर्न सकोस् ।”

फाउचीलाई संचार माध्यमसँगको अन्तक्र्रियामा प्रतिबन्ध लगाएसँगै राष्ट्रपति ट्रम्पले स्ट्यान्फोर्ड विश्वविद्यालयका न्युरोलजिस्ट डा स्कट एटलसलाई अगाडि सारेका छन् । तर उनलाई संक्रामक रोग र महामारीका बारेमा खासै अनुभव छैन ।

एटलसले विद्यार्थीहरूलाई मास्क वा सामाजिक दूरी आवश्यकता छैन भन्दै आउनु भएको छ । एटलसले भाइरसबाट मुक्त हुन “हर्ड इम्युनिटी” सिर्जना गर्नुपर्ने बताएका छन्।

जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिएर समुदायव्यापी प्रतिरोधात्मक क्षमताको निर्माण गर्न सकिन्छ भन्ने धारणा नै “हर्ड इम्युनिटी” हो । विश्व स्वास्थ्य संगठनले यो दृष्टिकोणलाई खतरनाक कदम भनी चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका अधिकारीहरूले पछिल्लो समय एटलसले त्यसो नभनेको भन्दै प्रतिरक्षा गरिरहेको छ ।

त्यस्तै, २७ वटा राज्यका कम्तीमा ६० जना राज्यस्तरीय वा स्थानीय स्वास्थ्यकर्मीले अप्रिलयता पदबाट राजीनामा दिइसकेका वा पदबाट हटाइएका छन् । जुन महिनादेखियता यो संख्या दोब्बर भएको छ । धेरै सार्वजनिक अधिकारीहरूको राजनैतिक दबाब वा मास्क लगाउनुपर्ने र बन्दको कार्यान्वयन गर्नुपर्ने आदेशबाट क्रोधित व्यक्तिहरूको हिंसात्मक धम्की पछि पदबाट राजीनामा गरेका छन् ।

जेसन डिरेन(रासस / एपी)

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top