७ असोज, धनकुटा ।
अविरल वर्षपछि धनकुटामा आएको पहिरोमा पुरिएर एक नाबालिकाको मृत्यु भएको छ । महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो ।
बुधबार दिउँसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किँदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनबहादुर सामान्य घाईते भएका छन् ।
साथै सोही घरको मुनि रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरिएरै मृत्यु भएको प्रहरीले जनाएको छ ।