९ असाेज, झापा।
झापाकाे बिर्तामोड नगरपालिका-५ मा घरको छतबाट खसेर १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ ।
बिहीबार राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन् । उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक कृतिका ५ दिन अगाडि काठमाण्डौँबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
