×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

कोरोना त्रासले मानसिक समस्या

१२ आश्विन २०७७

काठमाडौंँ : विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्य कोरोना सङ्क्रमण तथा त्यसको मृत्यु दरका कारण मानसिक रोगी बढेको बताउँछन् । उनले कोरोना लाग्ने डरका कारण पनि कतिपय आत्महत्या सम्मका घटना भएको बताए ।

डा. शाक्य तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा पनि समस्या बढेको छ भन्नुहुन्छ । मानसिक रोगबाट सुधार भएका व्यक्तिले कोरोना लाग्ने डरले जाँडरक्सी खाने गरेको उनी बताउँछन् । उनले युवापुस्तामा मानसिक समस्या बढी छ । रोगजारी नपाउनुका साथै छरछिमेकीले गर्ने व्यवहारले धेरै समस्या भएको छ भने ।

कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिने र आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले जानकारी दिए । आचार्य चिन्ता, तनाव भएको खण्डमा अरू व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ जसले गर्दा नचाहिने काम गर्नबाट जोगिन्छ भन्छन् ।

उनले आफूूले विश्वास गर्ने व्यक्तिसँंग अनुभव साटासाट गर्नुपर्ने सुझाव दिँदै परिवारलाई समय दिने, आफ्नो दैनिक गतिविधिको तालिका बनाउने, व्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधैँ निश्चित समयमा गर्नुपर्ने जानकारी दिए ।

बेलायतको माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्न, व्यायाम गर्न, राम्रो आहारविहार गर्न र पर्याप्त पानी पिइरहन सुझाव दिएको छ ।

विपत्तिको बेला देखिने लक्षण कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, वीभत्स घटनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्ने सुझाव दिइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top