१२ आश्विन, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् ।
उनी सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो। सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेही सवार स्कुटीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।