×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

धुमपान त्यागे हृदयघात हुने सम्भावना आधा कम

१३ आश्विन २०७७

१३ असोज, काठमाडौँ ।
धुमपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ । विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले धुमपान त्यागेको एक वर्षमा हृदयघातको सम्भावना आधाले कम हुने बताएका हुन् ।

विश्व मुटु दिवसका अवशरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. मुरारी ढुंगानाले ३० देखि ७० वर्ष उमेर समूहमा प्रति १० जनामध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको बताए । मुत्युको प्रमुख कारणमध्ये मुटुरोग पनि एक भएकाले जनचेतना बढाउन आवश्यक रहेको उनले बताए । उनले धुमपान त्यागेको १२ महिनामा हृदयरोग हुने सम्भावना आधा कम हुने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले गंगालाल हृदयरोग केन्द्रले अनुसन्धानका काम अगाडी बढाउनुपर्ने बताए । छुट्टै विभाग बनाएर रिसर्चका काम अघि बढाए परिषदले सहयोग गर्ने उनले बताए ।

केन्द्रले लक डाउन सुरुभएदेखि असोज १० गतेसम्म करिब साढे ६ हजार विरामीलाई आकस्मिक सेवा प्रदान गरेको छ । कोभिड १९ संक्रमण जोखिमका बीच गत चैत १२ गतेबाट असोज १० गतेसम्म केन्द्रले ६ हजार ४ सय ६१ जनालाई आकस्मिक सेवा प्रदान गरेको हो । केन्द्रको अन्तरंग विभागमा १ हजार ८ स ५१ जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ । यसैगरी प्राइमरी एन्जियोप्लाष्टि १ सय ७६, परमानेन्ट पेशमेकर ९, कोरोनरी एन्जियोग्राफी ५ सय ८७ र कोरोनरी एन्जियोप्लाष्टि २ सय ५३ जना गरी क्याथ ल्याब प्रोसिड्युर सेवा १ हजार २ सय २९ जनाले लिएको केन्द्रका कार्डियोलोजी विभागका रजिष्टार कुन्जन शेर्पाले बताए ।

कोभिडका कारण विगत वर्षहरुमा जस्तो कार्यक्रम गर्न नपाइएपनि दिवसका अवशरमा मंगलबार जनचेतना जगाउन उद्देश्यले नेपाल हार्ट नेटको सहकार्यमा विहान ७ः३० बजे माइतिघरबाट कोटेशवरसम्म सचेतनामुलक कार ¥याली गरेको छ । कोरोना संक्रमणकाबीच विरामीको उपचारमा संलग्न कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई अस्पतालले सम्मान गरेको छ ।

मंगलबार सेप्टेम्बर २९, विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । नेपालको कुल जनसंख्या मध्ये करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमानित तथ्याङ्क छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top