१४ असोज, काठमाडौं । आज थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।
आज संक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ ।