१४ असाेज, काठमाडाैँ ।
आज १ हजार ५७ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । याे सँगै आजसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।
कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।
आज नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।