×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

१५ आश्विन २०७७

काठमाडौँ : नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञहरूको टोली नै गठन गरेर अध्ययन गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल एकीकरणको समयमा प्रयोग भएका सडक, गढी र किल्लाको संरक्षण कार्यक्रमअन्तर्गत गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ–काभे्र एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । अध्ययनअनुसार यस एकीकरण मार्गको कुल लम्बाइ १९६।५ किलोमिटर रहेको छ । त्यसैगरी गोरखा–नुवाकोट–धादिङ–काठमाडौँ एकीकरण मार्गको समेत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस एकीकरण मार्गको कुल लम्बाइ १२८।५ किलोमिटर रहेको छ ।

सेनाले इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको नेतृत्वमा विज्ञहरूको टोली गठन गरी सो अध्ययन गरेको थियो । अध्ययन गरिएका यस एकीकरण मार्गहरूको विस्तार तथा स्तरोन्नतिका लागि बजेट माग गरिएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन तथा भावी पुस्ताका लागि पनि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्न सकोस् भन्ने उद्देश्यसहित एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ ।

सेनाद्वारा स्थापना गरिएको विस्तारित एकीकरण पदमार्ग उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङको लिगलिगकोट, तनहुँको लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ । त्यसैगरी रुपन्देहीको जितगढी, पाल्पा दरबार, गुल्मीको चरपाला दरबार, अर्घाकोट, सल्यानको फालवाङ दरबार, सुर्खेतको बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हुँदै बैतडीको अजयमेरुकोटसम्म एकीकरण पदमार्ग जोडिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top