×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु

१५ आश्विन २०७७

१५ आश्विन, चितवन ।
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।

देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् ।

विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ । विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु(याएको छ ।

अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ ।

कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए ।

“अण्डा सङ्कलनगरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने, “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा सङ्कलन आइपिएम विधि भएको उनले बताए ।

अण्डा कसरी पहिचान गर्ने ?

यो मकैको पातको तल्लो भागमा सेतो धब्बा जस्तो हुन्छ । बाहिरपट्टी कपास जस्तो पत्र देखिन्छ । एउटै ठाउँमा १५० देखि २०० अण्डा हुन्छ ।

“यही अवस्थामा अण्डा पारेको पात चुडेर व्यवस्थापन गरियो भने एउटै पातबाट २०० लार्भा निस्कनबाट जोगाउन सकिन्छ” उनले भने, “मुख्य गरेर सानो बिरुवा जोगाउन सक्यौं भने ठूलो भएपछि बिरुवाले आफैँ लड्ने क्षमता बनाइसकेको हुन्छ ।”

प्रकोप कसरी थाहा पाउने ?

फौजीकीराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ ।

हुर्कँदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको उनी बताउँछन् । अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने बताउँदै वैज्ञानिक भण्डारीले भने, “जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् ।

लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।” लार्भाले खाँदै गर्दा आलो दिसा हुने जानकारी दिँदै उनले भने, “पछि गुभोभित्रसमेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ ।

यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ ।” घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने उनको भनाइ छ ।

अनुसन्धान केन्द्रमै फौजीको आक्रमण

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा २०१९ सालमा स्थापना भएको हो ।

कार्यक्रमअन्तर्गत करिब ६५ विगाहा क्षेत्रफलमा वर्षेनी मकैका विभिन्न जातको अनुसन्धान र विकास हुँदै आइरहेको छ । सुरुमा नवलपरासी पूर्वको गैंडाकोटमा देखिएको फौजीकीरा यतिबेला अनुसन्धान कार्यक्रमका लागि पनि चुनौतीको विषय बनेको छ ।

अनुसन्धान कार्यक्रमको अनुसन्धान ब्लकमा लगाइएको मकैमा पनि फौजीको प्रकोप देखिएको छ । अमेरिकन फौजीकीराले मकैसहित ८० प्रकारका बालीमा क्षति पु(याउने अनुसन्धानकर्ताका दावी छ । यो किराले मकैको पात, डाँठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ ।

मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्छ भने पाक्न लागेको मकैबालीमा समेत यसले क्ष्यती पु(याउँछ । अमेरिकी रैथाने फौजी किरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो ।

अफ्रिकाको एक ठाउँमा देखिएको फौजी किरा त्यसको दुई वर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो । वैज्ञानिकहरुले अफ्रिका लगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन् । पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दावी छ ।

फौजीकीरा आएको कसरी थाहा पाउने ?

बालिमा फौजीकीरा आएको छ की छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजीकीरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने हो भने पत्ता लाग्ने भण्डारीले बताए ।

उनले भने, “यदी त्यहाँ फौजी किराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन् । यसले बालिमा फौजी किरा आएको छ की छैन भन्ने कुराको सूचना दिन्छ ।” उनका अनुसार त्यस बाहेक क्षतिको आधारमा पनि फौजी किराको चेकजाँच गर्न सकिन्छ ।

यो किरा लाग्यो भने मकैको पात सेतो देखिन्छ । त्यस्तै मकैको गुभोमा किराको आलो दिशा पनि देखिन्छ । मकैको गुभो कोट्याएर हे(र्या भने त्यहाँ किरा भेटिन्छ । त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो ।

नियमित अनुगममन जरुरी

मकै लगाएको ८–१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् ।

पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि शुरु गर्नुपर्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. केशवबाबु कोइरालाले उत्पादन र भण्डारण दुवै अवधिमा विभिन्न कीराले मकैमा क्षति पुर्याउने गरेको बताए ।

उनले भने, “५५ प्रकारका किराले मकैमा क्षति पुर्याउने गरेका छन, त्यसको नियन्त्रणका लागि हामीले अनुसन्धान गरिरहेका छौँ ।” उनले अनुसन्धानबाट सकरात्मक नजिताहरु पनि आइरहेको जानकारी दिए ।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top