NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर शुक्रबार भदौ २७ , २०८२
छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने शुक्रबार भदौ २७ , २०८२
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै शुक्रबार भदौ २७ , २०८२
Next
Prev

समाचार

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु

बिहिबार अशोज १५ , २०७७
Reading Time: 1 min read
A A
अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ आश्विन, चितवन ।
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।

देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् ।

विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ । विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु(याएको छ ।

LS Auto

अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ ।

कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए ।

“अण्डा सङ्कलनगरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने, “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा सङ्कलन आइपिएम विधि भएको उनले बताए ।

अण्डा कसरी पहिचान गर्ने ?

यो मकैको पातको तल्लो भागमा सेतो धब्बा जस्तो हुन्छ । बाहिरपट्टी कपास जस्तो पत्र देखिन्छ । एउटै ठाउँमा १५० देखि २०० अण्डा हुन्छ ।

“यही अवस्थामा अण्डा पारेको पात चुडेर व्यवस्थापन गरियो भने एउटै पातबाट २०० लार्भा निस्कनबाट जोगाउन सकिन्छ” उनले भने, “मुख्य गरेर सानो बिरुवा जोगाउन सक्यौं भने ठूलो भएपछि बिरुवाले आफैँ लड्ने क्षमता बनाइसकेको हुन्छ ।”

प्रकोप कसरी थाहा पाउने ?

फौजीकीराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ ।

हुर्कँदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको उनी बताउँछन् । अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने बताउँदै वैज्ञानिक भण्डारीले भने, “जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् ।

लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।” लार्भाले खाँदै गर्दा आलो दिसा हुने जानकारी दिँदै उनले भने, “पछि गुभोभित्रसमेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ ।

यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ ।” घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने उनको भनाइ छ ।

अनुसन्धान केन्द्रमै फौजीको आक्रमण

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा २०१९ सालमा स्थापना भएको हो ।

कार्यक्रमअन्तर्गत करिब ६५ विगाहा क्षेत्रफलमा वर्षेनी मकैका विभिन्न जातको अनुसन्धान र विकास हुँदै आइरहेको छ । सुरुमा नवलपरासी पूर्वको गैंडाकोटमा देखिएको फौजीकीरा यतिबेला अनुसन्धान कार्यक्रमका लागि पनि चुनौतीको विषय बनेको छ ।

अनुसन्धान कार्यक्रमको अनुसन्धान ब्लकमा लगाइएको मकैमा पनि फौजीको प्रकोप देखिएको छ । अमेरिकन फौजीकीराले मकैसहित ८० प्रकारका बालीमा क्षति पु(याउने अनुसन्धानकर्ताका दावी छ । यो किराले मकैको पात, डाँठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ ।

मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्छ भने पाक्न लागेको मकैबालीमा समेत यसले क्ष्यती पु(याउँछ । अमेरिकी रैथाने फौजी किरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो ।

अफ्रिकाको एक ठाउँमा देखिएको फौजी किरा त्यसको दुई वर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो । वैज्ञानिकहरुले अफ्रिका लगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन् । पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दावी छ ।

फौजीकीरा आएको कसरी थाहा पाउने ?

बालिमा फौजीकीरा आएको छ की छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजीकीरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने हो भने पत्ता लाग्ने भण्डारीले बताए ।

उनले भने, “यदी त्यहाँ फौजी किराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन् । यसले बालिमा फौजी किरा आएको छ की छैन भन्ने कुराको सूचना दिन्छ ।” उनका अनुसार त्यस बाहेक क्षतिको आधारमा पनि फौजी किराको चेकजाँच गर्न सकिन्छ ।

यो किरा लाग्यो भने मकैको पात सेतो देखिन्छ । त्यस्तै मकैको गुभोमा किराको आलो दिशा पनि देखिन्छ । मकैको गुभो कोट्याएर हे(र्या भने त्यहाँ किरा भेटिन्छ । त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो ।

नियमित अनुगममन जरुरी

मकै लगाएको ८–१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् ।

पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि शुरु गर्नुपर्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. केशवबाबु कोइरालाले उत्पादन र भण्डारण दुवै अवधिमा विभिन्न कीराले मकैमा क्षति पुर्याउने गरेको बताए ।

उनले भने, “५५ प्रकारका किराले मकैमा क्षति पुर्याउने गरेका छन, त्यसको नियन्त्रणका लागि हामीले अनुसन्धान गरिरहेका छौँ ।” उनले अनुसन्धानबाट सकरात्मक नजिताहरु पनि आइरहेको जानकारी दिए ।(रासस)

लोकप्रीय

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२

विचार

थप समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ताजा समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Breaking news

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
ताजा समाचार

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.