×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026

इजरायली श्रम बजार नेपालीका लागि खुला

१५ आश्विन २०७७

१५ असाेज, काठमाडाैँ ।

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।

सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका छन् । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा छिट्टै सम्झौता हुने दूतावासको भनाइ छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन् ।

यसैगरी इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

केही दिनअघि नेपाल सरकारले इजरायलसँग रोजगारी र कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत शाक्यलाई अख्तियारी दिएको थियो । सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको छ ।

राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकका लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताएको नेपाली दूतावासाले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top