१५ असोज, सुर्खेत ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
कारोनाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको उपचारका क्रममा आज दिउँसो ३ बजे नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो।
५९ वर्षीय सापकोटालाई तीन हप्ताअघि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । उनको केही बेर अघि मात्रै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।
योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। जसमध्ये दश जना बाँकेका र अन्य आठ जना विभिन्न जिल्लाका छन्। आज विहानमात्रै बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।