१८ असाेज, बुटवल ।
रुपन्देहीको बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड भएको छ । मुख्यमन्त्री चढेको गाडीसहित प्रहरी स्कर्टिङका अन्य दुई गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो ।
काठमाडौंबाट भैरहवा हुँदै स्कटिडसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।
गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल लगायत ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।