×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

बहुवर्षीय आयोजना: बन्यो नयाँ मापदण्ड

१९ आश्विन २०७७

काठमाडौँ: सरकारले राष्ट्रिय गौरवलगायत बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन पद्धतिमा परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ को बैठकले बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड, २०७७ पारित गरेको हो ।

नयाँ मापदण्ड अनुसार अब राष्ट्रिय गौरवका आयोजनालाई बजेट विनियोजन सहज बनाइएको छ । अन्य आयोजनालाई सीमा निर्धारण गरी बजेटरी व्यवस्थापनलाई चुस्त बनाउन खोजिएको छ ।

राष्ट्रिय गौरवका आयोजनालाई सुरुदेखि नै पर्याप्त बजेट उपलब्ध गराउने र समयमै सम्पन्न गराउने गरी मापदण्ड परिमार्जन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयको बजेट महाशाखा प्रमुख धनीराम शर्माका अनुसार नयाँ राष्ट्रिय गौरवका आयोजना बन्दा आवश्यकता अनुसार बजेट उपलब्ध गराउने सुनिश्चितता अर्थले दिनेछ ।

कार्यान्वयनमा रहेका तथा नयाँ आउने गौरवका आयोजना बजेटको हिसाबले नरोकिने गरी सम्पन्न गर्न यो मापदण्डले योगदान पु¥याउने छ भन्दै उहाँले थप्नुभयो, अरू बहुवर्षीय आयोजनामा पनि विधिसम्मत तरिकाले बजेट व्यवस्थापन होस् भन्ने हामीले मिलाउन खोजेका छौँ ।

शर्माका अनुसार यसअघिको मापदण्डमा गौरवका र अन्य सबैमा एकैखाले व्यवस्था थियो । जसअनुसार पहिलो वर्ष बहुवर्षीय आयोजनामा कुल बजेटको एक तिहाइ विनियोजन गर्नुपर्ने व्यवस्था थियो । पहिलो वर्ष नै धेरै बजेट विनियोजन हु्ने तर पहिलो वर्षमै धेरै काम नहुने अवस्थाले बजेट खर्च कम भएको देखिने अवस्था अन्त्य गर्न पनि अर्थले यस्तो व्यवस्था गरेको देखिन्छ ।

नयाँ मापदण्ड अनुसार पहिलो वर्षका लागि अब तीन वर्षे आयोजनामा २५ प्रतिशत, चार वर्षेलाई २० प्रतिशत र पाँच वर्षेलाई १५ प्रतिशत बजेट विनियोजन हुनेछ । मापदण्डमा बहुवर्षीयका रूपमा तीन वर्षसम्म उल्लेख रहेकामा यसलाई अहिले पाँच वर्षभन्दा माथिका समेत हुनसक्ने गरी परिमार्जन गरिएको छ । बजेट तथा स्रोत साधनको अधिकतम उपयोगिता सिर्जना होस् भन्नका लागि सरकारले यस्तो व्यवस्था गरेको हो, उहाँले भन्नुभयो ।

नयाँ मापदण्ड अनुसार अब आयोजना बहुवर्षीय हुन त्यसको आकारमार्पmत पनि निश्चित गर्न खोजिएको छ । यस अनुसार ५० करोड रुपियाँभन्दा साना लागतका कुनै पनि आयोजना बहुवर्षीय हुने छैनन् । साना खाले आयोजना पनि समयमै सम्पन्न नगर्ने र हरेक वर्ष बजेट व्यवस्था गरिरहनुपर्ने व्यवस्था अन्त्य गर्न र समयमै निर्माण सम्पन्न होस् भन्नका लागि सरकारले यस्तो व्यवस्था गरेको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top