चीनतर्फका दुवै नाका सञ्चालनमा

१८ असोज ७७, सोमबार

१९ असोज, काठमाडौं । चीनतर्फका दुइवटै नाका सञ्चालनमा आएका छन् ।

Advertisement

केही दिनदेखि पहिरोले सडक अवरूद्ध भएका कारण अनियमित भएको नाकाबाट सामान आयात सोमबारदेखि सुचारू भएको छ ।

चीनबाट मालबाहक गाडीहरू सिधै आउजाउ गर्न थालेको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

Advertisement

चीनले यसबीचमा स्वास्थ्य सामग्री, इलोक्ट्रोनिक सामग्री मात्रै ल्याउन दिएको थियो । आजदेखि रेडिमेट गार्मेन्टलगायत सामग्री बोकेका कन्टेनर पनि आउन थालेका हुन्।

पहिलेजस्तो नाकामा पुगेर सामानहरू अनलोड गरी पुनः नेपालतर्फको ट्रकमा लोड गर्नुपर्ने झन्झट अब हटेको उनले बताए।

Advertisement

यस्तै सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि सञ्चालनमा आएको छ । करिब डेढ महिनादेखि यो नाकाबाट मालवाहक सामग्री बोकेका कन्टेनर आएका थिएनन् ।

गत असोज १३ मा नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे सहमति भएको थियो । आज १० भन्दा बढी कन्टेनरबाट कपडालगायत सामग्री आएको तातोपानी भन्सारले जनाएको छ।

दुबै नाका सञ्चालनमा ल्याउन त्यहाँका कर्मचारीदेखि सामान लोड अनलोड गर्ने मजदुरको यसअघि नै पिसिआर परीक्षण गरिएको थियो । चाडवाडको मुखमा नाका सञ्चालनमा आएपछि सामान आयात गर्न सहज भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top