प्रदशे ५ को राजधानी बारे सर्वदलीय बैठकमा सहमति जुट्न सकेन

१९ असोज, बुटवल । विहान १० बजे सुरु भएको प्रदेश ५ को प्रदेशसभाको सर्वदलीय बैठक १० मिनटमै बिनानिष्कर्ष टुंगीएको छ ।

बैठक बस्ने वित्तिकै नेपाली कांग्रेसले केही दिन प्रदेशसभा स्थगित गरेर राजधानीबारे छलफल गर्ने र सहमति जुटाउने प्रस्ताव गरेको थियो । नेकपाले प्रदेशसभा स्थगित गर्न नमानेपछि कांग्रेस सदस्य बैठकबाट बाहिरिएका छन् ।

बिहान ८ बजे बोलाएको बैठक सवा दश बजे सुरु भए पनि १० मिनेटमै सकिएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । नेकपा आफ्नै राजधानी सार्ने विषयमा आफ्नै अडानमा रहेको र बैठक स्थगित गर्न पनि नमानेकाले कांग्रेस बैठकबाट बाहिरिएको उनले बताइन् ।

Advertisement

त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि केही दिन प्रदेशसभा स्थगित गर्न आग्रह गरेको छ । संसदीय दलका प्रमुख सहसराम यादवले जनता सडकमा उत्रिएका बेला एकलौटी ढंगबाट राजधानी तोक्न नहुने बताए ।

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने पहिलो बैठक बिनानिष्कर्ष टुंगिए पनि पुनः बैठक बस्ने तयारी गरेको बताए । सहमतिको प्रयास जारी रहेकाले प्रदेशसभा बैठक स्थगित नहुने उनले बताए ।

Advertisement

सभामुख पूर्णबहादुर घर्तीले पनि सदन निर्धारित समयमै सुरु हुने बताए ।

यसैबीच नेपाली कांग्रेसको संसदीय दलको बैठक भरखर सुरु भएको छ । बिहान ९ बजे संसदीय दलको बैठक बोलाए पनि सर्वदलीय बैठक बस्न र केन्द्रको निर्देशन आउन ढिला गरेकाले बैठक भर्खर सुरु भएको हो । बैठकमा सहमतिबिना प्रदेशसभा चले कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको सचेतक निर्मला क्षेत्रीले बताइन् ।

प्रदेशसभाले भने दिउँसो १२ बजे प्रदेशसभा बैठक बोलाएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

राजधानी दाङ लैजान लागेको विरोधमा बुटवलमा सोमबार बिहानैदेखी धर्ना र प्रदर्शन भइरहेको छ । राजधानी सार्न लागेको विरोधमा उत्रिएको नेपाली कांग्रेस र रुपन्देहीका व्यावसायिक एवं पेसागत संघसस्थाले छुट्टाछुट्टै रुपमा प्रदर्शन सुरु गरेका हुन् ।

संयुक्त संघर्ष समितिले बिहान १० बजेदेखि प्रदेशसभा अगाडि धर्ना दिने कार्यक्रम थियो । प्रदेशसभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर पस्न नदिएपछि उनीहरुले पूर्व–पश्चिम राजमार्गबाट प्रदेशसभा पस्ने सडक सिन्दुर होटल अगाडि धर्ना दिएका छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top