×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता

१९ आश्विन २०७७

१९ असाेज, काठमाडौँ ।

नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को जनगणनाअघि गरिएको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको जनगणना र गृह मन्त्रालयले वितरण गरेको नागरिकताको प्रमाणपत्रका आधारमा यो अध्ययन गरिएको मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले जानकारी दिए।

अध्ययन गरिएको वर्ष ४३ लाख ४६ हजार ४६ नेपालीसँग नागरिकताको प्रमाणपत्र थिएन । प्रत्येक वर्ष बढ्ने जनसङ्ख्याको अनुपात र वितरण हुने नागरिकताका आधारमा नपाउनेको सङ्ख्या निकाल्ने गरिएको पनि उनले सुनाए।

सङ्घीय संसद्, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयदेखि छलफलका क्रममा रहेको नागरिकता विधेयक पारित नहुँदा महिलाको नाममा सन्तानले नागरिकता पाउन नसकेको जानकारी गराइयो । विधेयक पारित नहुँदा संविधानमा मौलिक हकका रुपमा स्थापित नागरिकता प्राप्त गर्ने हकबाट समेत नागरिक वञ्चित हुनुपरेको अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए ।

काठमाडौँ जिल्लामा सबैभन्दा बढी एक लाख १५ हजार ७६७ सँग नागरिकता छैन । नागरिकता पाउन नसक्ने नेपालीको सबैभन्दा कम १६.३८ प्रतिशत प्रदेश नं २ मा रहेको मञ्चले जनाएको छ । प्रत्येक वर्ष सात लाख नेपाली नागरिकता पाउन योग्य अर्थात् १६ वर्ष उमेर पुग्छन् । गृह मन्त्रालयले दिएको तथ्याङ्कअनुसार वार्षिक चार लाख ७० हजारले मात्र नागरिकता पाउने गरेका छन् ।

“एक वर्षपछि अर्थात् विसं २०७८ मा राष्ट्रिय जनगणना गरिँदैछ, त्यसबेला नागरिकसँग नागरिकता छ, छैन, यसको पनि गणना गरिनुपर्छ, राज्यले गणना गरी निकालेको तथ्याङ्क आधिकारिक हुने भएकाले पनि यसो गरिनु आवश्यक छ, यसले तीनै तहका सरकारलाई योजना बनाउन पनि सहयोग गर्छ”, कार्यकारी निर्देशक श्रेष्ठले भने ।

प्रत्येक राजनीतिक परिवर्तनपछि नागरिकता बाँडिने परिपाटी पनि अन्त्य गरिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । विसं २०६३ मा २०४६ चैतसम्म नेपालमा जन्मिएका जति सबैलाई नेपाली नागरिकता दिने र त्यसका लागि तीन जनाले सिफारिस गरे पुग्ने जस्ता हचुवाका व्यवस्था फेरि दोहोरिनु नहुने उनीहरुको भनाइ थियो ।

नागरिकता वितरणमा कुनै गल्ती भएमा दिने प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिने तर सिफारिस गर्ने वडाध्यक्षलाई कारबाही गर्ने व्यवस्थासमेत पारदर्शी र जवाफदेही हुन नसकेकाले संशोधन गरिनुपर्नेमा ध्यानाकर्षण गराइएको छ । नागरिकता वितरणसम्बन्धी कानून स्पष्ट गरिनुपर्ने, विवेकका भरमा निर्णय गर्ने व्यवस्था खारेज गर्नसमेत कानून व्यवसायीले माग गरेका छन् ।रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top