×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026

सत्याग्रहीका सामु सरकारको दम्भ, अनशन तोडाउनै जोडबल

२१ आश्विन २०७७

काठमाडौँ : २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मागमा सडक, स्वास्थ्य संस्था, सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि एक्लै सत्याग्रहमा उत्रिएका उनको जीवन सरकारको हठका कारण जोखिममा पर्दै गएको भन्दै सर्वत्र आक्रोश पनि बढेको छ ।

शिक्षा सचिव गोपीनाथ मैनालीको टोलीले मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई अनशन तोड्न आग्रह गरेको थियो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि गत बिहीबार उनलाई अनशन तोड्न आग्रह गरेका थिए । शिक्षा सचिवको टोलीलाई डा. केसीको जवाफ थियो, ‘सरकारका प्रवक्ताले नै भनेको कुरा सुनाउन किन दुःख पाउनुभयो ?’ सरकारले आधिकारिक रूपमा वार्ता टोली गठन गर्नुपर्ने अडान उनले कायमै राखेका छन् ।

६४ वर्षीय डा. केसी ६ बुँदे माग अघि सारेर १९ औं पटकको अनशनमा छन् । आउँदो मंगलबार अर्थात् असोज २७ गते उनको जन्मदिन हो । त्रिवि शिक्षण अस्पतालबाट गत वर्ष उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि विद्यार्थीले उनको ‘बर्थडे सेलिब्रेट’ गरेका थिए । अवकाशपछिको जीवन आराम गर्ने र स्वास्थ्यको हेरविचार गर्दै बिताउने चलन छ तर डा. केसी पहिलो अनशनदेखि उठाएका र सरकारसँग सम्झौता भइसकेका माग कार्यान्वयन गराउन आमरण अनशनमा छन् । चिकित्सक र सहयोगीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनी लामो कुराकानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

शिक्षा सचिव मैनालीले भने डा. केसीले आफ्ना मागहरू सरकारलाई औपचारिक रूपमा नराखेको टिप्पणी गरे । ‘यतिबेला सरकारले कोरोनाका कारण स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई प्राथमिकता दिएको छ, त्यही भएर अनशन तोड्नुपर्छ भनेका हौं,’ उनले भने, ‘साधनस्रोतले भ्याएसम्म मागहरू सरकारले पूरा गर्दै गएको छ ।’ मैनालीसँगै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा र उच्च शिक्षा महाशाखाका उपसचिव लक्ष्मी खड्काले डा. केसीलाई भेटेका थिए ।

डा. केसी सरकारसँग वार्ता गर्न तयार भए पनि सरकारले वार्ता गर्नुभन्दा पनि अनशन तोडाउन जोडबल गरिरहेको उनका सहयोगीहरू बताउँछन् । ‘अनशनकै कारण स्वास्थ्य अवस्था नाजुक हुँदा पनि सरकार संवेदनशील भएन,’ सहयोगी प्रितम सुवेदीले कान्तिपुरसित भने । डा. केसी यसअघि २०७५ मा २७ दिनसम्म अनशन (१५ औं) बसेका थिए । डा. केसीले यसपालि जुम्लामा अनशन सुरु गरेका थिए । उनले आठौं दिनमा काठमाडौं आएर शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका हुन् ।

चिकित्सा शिक्षा उच्चस्तरीय कार्यदलका संयोजक तथा शिक्षाविद् केदारभक्त माथेमाले सत्याग्रहीको मागमा राज्यले बेवास्ता गरेकामा असन्तुष्टि जनाए । ‘२३ औं दिनमा आएर अनशन तोड मात्रै भन्नु हास्यास्पद हो, सरकारी टोली एउटा सत्याग्रहीलाई जिस्क्याउन गएजस्तो भयो, सरकार वार्ता र संवादबाट समस्या सुल्झाउनतर्फ पो लाग्नुपर्छ,’ उनले भने । सरकारले अनशनको वास्तै नगरेर सत्याग्रहीको अपमान गरेको उनको टिप्पणी थियो । ‘डा. केसी कुरा गर्न इच्छुक हुनुहुन्छ जस्तो लाग्छ, यसअघि यस्तो भएको थिएन, यसपालि सरकारले बेवास्ता गर्‍यो,’ माथेमाले थपे, ‘उहाँको कुनै पनि माग सरकारविरुद्ध छैन ।’ डा. केसीकै कारण चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आएको उनले बताए । ‘सरकारले केही काम गरिरहेको पनि छ, केसीले गर्दा झन् चाँडो हुन्छ,’ उनले भने । दूरदराजसम्म घुमेर शिक्षा र स्वास्थ्यको अवस्था थाहा पाएकाले केसी पटकपटक अनशनमा बस्ने गरेको माथेमाले बताए । ‘उहाँले दुर्गम र गरिब निमुखाका सन्तानले पनि चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने र राम्रो स्वास्थ्य सुविधा पाउनुपर्ने अडान लिनुभएको छ,’ उनले भने, ‘मान्छेलाई कुनै लोभ, लाभको मोह छैन भने आफ्नो एजेन्डामा अडिग रहन्छ, डा. केसी त झन् असाधारण मान्छे हो, उहाँलाई त ज्यानकै माया छैन, सम्पत्तिको मोह छैन ।’

काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले चिकित्साशास्त्र व्यवस्थित गर्न र तल्लो वर्गसम्म स्वास्थ्य सेवा विस्तार गर्न डा. केसी लागिपरेको बताए । ‘एउटा डाक्टरको हिसाबले चिकित्सा शिक्षा र स्वास्थ्यको क्षेत्र सुधार गर्ने उहाँको मिसन हो, त्यही लडाइँमा हुनुहुन्छ,’ उनले भने, ‘व्यक्तिगत रूपमा म उहाँलाई चिन्दिनँ, माग पूरा नभए आजीवन अनशन बस्छु भन्नुभएको छ । सरकारले माग पूरा नगरी सत्याग्रह तोड भनेर आदेश दिन मिल्दैन ।’ राज्यले समयसीमाभित्र सम्झौता पालना गर्नुपर्नेमा उनले जोड दिए । ‘माग अव्यावहारिक छैनन्, सरकारले नै कर्णाली, सुदूरपश्चिमलगायत ठाउँमा मेडिकल शिक्षाको पढाइ गर्ने निर्णय गरेको छ, प्रतिबद्धता पूरा गर्नुपर्छ,’ उनले थपे । कुनै लोभलालच नभएका डाक्टरको माग बेलैमा पूरा नगरे पश्चताप गर्नु सिवाय उपाय नहुने उनको भनाइ छ ।

अधिवक्ता ओमप्रकाश अर्याल निष्ठाका कारण डा. केसीले आफ्नो जीवनसमेत जोखिममा राखेको बताउँछन् । ‘दुई पक्षबीच सम्झौता भयो, एउटा पक्षले सम्झौता उल्लंघन गर्‍यो भने निष्ठावान् व्यक्तिको निष्ठामा चोट पुग्छ,’ उनले भने, ‘पटक/पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले जवाफदेहिता नदेखाएपछि सत्याग्रह जाग्यो ।’ विज्ञप्तिमार्फत अपिल गर्ने, माग पूरा गराउन दबाब दिने र अन्तिम विकल्पमा आमरण अनशनमा बस्ने गरेको उनले जनाए । ‘उहाँले सत्याग्रहबाट एउटा पद्धति बसाल्नुभयो तर भत्काइयो,’ उनले भने, ‘अहिले सरकारले उहाँको सत्याग्रहलाई अस्वीकार गर्न खोजेको देखिन्छ, सकेसम्म सत्याग्रहलाई मान्यता नै नदिने नीतिमा सरकार छ । शासक सत्याग्रहीसँग किन झुक्ने भन्ने सबैभन्दा बढी इगो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छ ।’ सरकारका बसेका व्यक्तिहरूको व्यापारिक स्वार्थ समूहसँगको सम्बन्ध र अहम्का कारण डा. केसीको मागलाई तिरस्कार गरिएको उनको बुझाइ छ ।

चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले भने जनताको माग राखेर २३ दिनदेखि केही नखाई सुतिरहेका बेला प्रधानमन्त्री ओलीले राजहठ देखाएको टिप्पणी गरे । ‘प्रजातन्त्रमा एक जनाको स्वर पनि सुन्नुपर्छ, यो इगोको लडाइँ जस्तै भएको छ । राज्य अभिभावक हो, डा. केसी व्यक्तिसँग यति साह्रो इगो लिनुपर्दैन,’ उनले भने ।

स्वास्थ्य झन् जटिल

डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा.सुवासप्रसाद आचार्यले डा. केसीको स्वास्थ्य स्थिति झन् गम्भीर हुँदै गएको जानकारी दिए । ‘उहाँलाई सास फेर्न असजिलो भएकाले अक्सिजन दिनुपरेको छ । मुटुको चालमा गडबडी कायमै छ,’ उनले कान्तिपुरसित भने, ‘छाती दुख्ने, थकाइ लाग्ने, मांसपेशीको खुम्चिने र बाउडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढ्दो छ ।’ उनको रगतमा सुगर धेरै कम देखिनुका साथै सिरम इलेक्ट्रोलाइट्स (सोडियम पोटेसियम, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस) गम्भीर रूपले कम देखिएको पनि उनले जानकारी दिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top