×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

नयाँ बसपार्क पनि अनलाइन टिकटमा, सेवा भने दशैँपछि मात्र

२२ आश्विन २०७७

काठमाडौँ : समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो ।

काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ ।

बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन ।

ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्नुहुन्छ, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ ।

बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । भित्तामा राखिएको डिजिटल डिस्प्लेमा बसका सिट हेरेर टिकट काट्ने व्यवस्था छ । काउन्टरमा बस्नेले कम्प्युटरबाटै टिकट दिएका छन् तर अब अनलाइन प्रणालीमै जानुको विकल्प नभएको कुँवरको भनाइ छ ।

अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन, मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उहाँले भन्नुभयो ।

हार्डवयेर तथा सफ्टवेयर जडानको कामका लागि सम्झौता भइसकेको कुँवरले जानकारी दिनुभयो । नयाँ बसपार्कमा रहेका सबै कम्पनीका काउन्टरलाई अनलाइन प्रणालीमा जोडिने छ तर काउन्टरमै आएर टिकट लिनेहरूका लागि पनि सेवा उपलब्ध हुनेछ । हाल बसपार्कमा यात्रुको चहलपहल नभएकाले छिटो काम गर्न सहज हुने बताइएको छ ।

हाल नयाँ बसपार्कबाट दैनिक दुई सयदेखि २५० वटा बस मात्र बाहिरिएका छन् । बन्दाबन्दीअघिसम्म दैनिक पाँच सय बस बाहिरन्थे । अहिले यात्रुको चाप अत्यन्त कम भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि अनलाइन प्रणालीलाई जोड दिएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, अनलाइन प्रणालीमा गएपछि सबै चिजको व्यवस्थापन हुन्छ, ठगिने सम्भावना भएन, समय र पैसाको बचत हुने, बसका स्टाफलाई पनि गाह्रो हुँदैन । ,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top