सिम्रिक एयरलाई कोरोना संक्रमितको उद्धार गर्ने अनुमति, मेडिकल टिम पनि रहने

२७ असाेज, काठमाडौं ।

अब काेराेना संक्रमित गम्भीर बिरामीकाे सिम्रिक एयरले उद्धार गर्ने भएकाे छ । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न सोमबार अनुमति दिएको हो ।

निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्‍त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले सरकारले यस्तो अनुमति प्रदान गरेकाे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। उनले  संक्रमितको चाप बढ्दै गएकोले अब हेलिकोप्टर उद्धार केही सहज हुनसक्‍ने बताए।

Advertisement

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको तर हेलिकोप्टर सेवा सहजरुपमा उपलब्ध नहुँदा उनीहरुको आपतकालीन उद्धार र उपचारमा समस्या भएको अवस्थालाई ध्यानमा राख्‍दै सरकारले निजी क्षेत्रको हेलिकोप्टर प्रदायकलाई यस्तो अनुमति दिएको हो।

हेलिकोप्टमा रहने संक्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्‍चित गरिएको सिम्रिकका मुरारीधर जोशीले बताए। हेलिकोप्टरमा आपतकालीन सेवाका लागि मेडिकल टिमसमेत रहनेछ।

Advertisement

कोरोना संक्रमितको उद्धार सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। प्राधिकरणले निजी क्षेत्रबाट पहिलोपटक यो संवेदनशील उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो।

हाल सिम्रिकसँग पाँच हेलिकोप्टर संचालनमा छन्। दुईवटा हेलिकोप्टरमा संक्रमितको उद्धारका लागि प्रयोग गरिनेछ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top