कमल थापालाई कोरोना संक्रमण

कमल थापालाई कोरोना संक्रमण

२९ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । बुधबार टाउको सामान्य दुखेपछि कोरोना परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरमार्फत जानकारी दिएका छन् । थापा होम आइसोलेसनमै बसेका छन् । उनले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई  सतर्क रहन आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.