×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

नजिकको सरकारसित जनअपेक्षा बढी

८ कार्तिक २०७७

काठमाडौँ: स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा गरेका छन् । स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) कै कारणले नीति, योजना र बजेट कार्यान्वयनमा ढिला नगरी कार्यान्वयन विधि, प्रक्रिया परिवर्तन गरी समयमै कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव कृष्णहरि बाँस्कोटाले कोरोनाकै कारणले नीति, कार्यक्रम, बजेट र योजना कार्यान्वयनमा ढिला गरिए झनै आर्थिक सङ्कटको अवस्था सिर्जना हुने भन्दै समयमै योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

Advertisement
Advertisement

उहाँले कोरोनाबाट सतर्क भएर निर्धारित समयभित्रै योजना कार्यान्वयन गर्नुपर्छ, स्थानीय बासिन्दालाई प्रदान गरिने अनुदान तथा योजनाको रकम अनलाइनबाटै दरखास्त दिने, ताकेता अनलाइनबाटै गर्ने स्वीकृत कागजात र बैङ्कको काम अनलाइनबाटै गरी काम अगाडि बढाउनुपर्छ भन्नुभयो ।

उहाँका अनुसार कोरोनासँग अभ्यस्त भएर काम गर्नुपर्छ । कोरोनाका कारण किसानलाई कुखुरा पाल्न, तरकारीको बीउ वितरण गर्न, फलफूल बिरुवा र मल बाँड्न कृषि औजार अनुदान दिन मिलेन भनेर रोक्नुहुँदैन । यस वर्ष कोरोनाले गर्दा कतिपय खाद्यवस्तु विभिन्न मुलुकबाट नआउने भएकाले पालिकाले आफ्नो नागरिक बचाउन रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नुपर्छ । उहाँले नियमित काम गर्दा पँुुजी निर्माण हुने र पुुँजी निर्माण भएपछि पालिकालाई राजस्व तिर्नसमेत नागरिकलाई सहज हुन्छ भन्नुभयो ।

अर्का स्थानीय शासनविज्ञ डा। शेषरमण न्यौपानेले चालू आर्थिक वर्षमा स्थानीय तहले रोजगारमुखी नीति, कार्यक्रम र बजेट निर्माण गरिए पनि कार्यान्वयन गर्न सुस्तता देखाएको बताउनुभयो । यसैगरी उहाँले कोरोनाकै कारणले आफ्नो नीति, कार्यक्रम र बजेटमा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयन गर्न सुस्त हुनुहुँदैन, कोरोना तत्काल हट्ने सम्भावना नभएकाले कोरोनाबाट आवश्यक सावधानी अपनाएर समयमै नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव वंशलाल तामाङले कतिपय गाउँपालिकामा कर्मचारीको अभावले गर्दा योजना समयमै कार्यान्वयन गर्न सुस्त भएको बताउनुभयो । स्थानीय तहले आ–आफ्नो नीति, कार्यक्रम र बजेटमा उल्लेख गरिएका कार्यक्रम भने निर्धारित समयभित्रै कार्यान्वयन गर्ने उहाँले दाबी गर्नुभयो ।

Advertisement

पालिकाभित्र मैनबत्ती, अल्लो प्रशोधन, बाँसका सामग्री उत्पादन, ढाका बुनाइ, कुचो उत्पादन, मौरीपालन तथा मह प्रशोधन उद्योग सञ्चालन, माटाका भाँडा बनाउने, अगरबत्ती उद्योग, हस्तकला उद्योग, हाउस वायरिङ प्लम्बिङ, सेनेटरीको काम र मोबाइल मर्मत पसल स्थापना गर्नेगरी योजना बनाएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top