जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

२३  कात्तिक, एजेन्सी ।

जोसेफ रोविनेट बाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।

त्यस्तै कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन्।

Advertisement

आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा बाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्। वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति थिए।

मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २ सय ७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ । ‘चार दिनको लामो प्रतीक्षापछि यो चुनावको ऐतिहासिक क्षणमा हामी पुगेका छौं । अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने सीएनएनको प्रक्षेपण छ,’ सीएनएनका वोल्फ ब्लितजरले स्थानीय समयअनुसार ११ बजेर २४ मिनेटमा भने ।

Advertisement

मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ ।

विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मत पाएर विजयी भएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। मतगणनाकाे अन्तिम परिणाम भने घाेषणा हुन बाँकी छ ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनावमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।

राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top