×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

२७ कार्तिक २०७७

आजका प्रमुख खबरहरुः

१.(राम्रो निर्णय)
प्रधानमन्त्री केपी शर्मा ओलीको पूरा र अन्य मन्त्रिपरिषद सदस्यहरुको ५ महिनाको ५० प्रतिशत पारिश्रमिक कोरोना उपचार कोषमा जम्मा हुने /अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय /उद्धार उडान पनि बन्द ।

Advertisement
Advertisement

२.(किन चाहियो राजा ?)
देशको पछिल्लो अवस्थाका कारण राजसंस्थाको स्थापना अपरिहार्य भएको भन्दै राजसंस्था पुर्नवहालीका लागि विराटनगरमा प्रर्दशन/दलहरु बढी शक्ति सञ्चय र भ्रष्टाचारमा लिप्त हुदा राजसंस्था आवश्यक रहेको तर्क ।

३.(बैठक वहस)
विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने/ महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजेका लागि तय ।

४.(राजदूत अनुमोदित)
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम संघीय संसदको संसदीय सुनुवाई समितिद्वारा अनुमोदित/एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने डा. खतिवडाको भनाई ।

५.(यस्तो छ हैआज)
नेपालमा २४ घण्टामा १ हजार ९ सय १३ संक्रमित थपिँदा २ हजार ३ सय ४९ जना डिस्चार्ज /हालसम्म ११ सय ८९ जना संक्रमितको मृत्यु /सक्रिय संक्रमित ३८ हजार ४ सय ६१ पुगे ।

६.(सुधारको संकेत)
सार्वजनिक पद धारण गरेका अधिकारीले अब एउटा मात्र सवारी साधान पाउने/खर्च कटौती तथा मितव्ययिता कायम गर्न भन्दै ल्याइएको मापदण्डअनुसार अब सरकारी काममा मितव्ययिता अपनाउनु पर्ने ।

७.(जनावर हेर्ने रहर)
गत चैत ७ गतेदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी /एक पटकमा ८ सय मानिसलाई मात्र अवलोकन गर्न दिइने/ स्वास्थ्य मापदण्ड अनिवार्य ।

८.(नाका किन खोल्ने ?)
महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा प्रदर्शन /बजार, कलकारखाना, यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने तर्क ।

९.(सुन्ला त चीनले ?)
उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन अन्त्य गर्न माग गर्दै नेपालमा पनि मुस्लिम समुदायको चिनियाँ दूतावात अगाडि प्रदर्शन /मुस्लिम समुदायका मानिसहरुको पनि स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार ग्यारेण्टी गर्नुपर्ने माग ।

१०.(लापरवाहीलाई निरन्तरता)
काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि वायुसेवा निगमलाई हङकङले तेस्रो पटक लगायो उडानमा रोक /अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न नपाउने ।

११.(कृषिका कुरा)
खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापना गरिने ÷कञ्चनपुरको पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जमिनमा केन्द्र बन्ने ।

१२.(छाँयामा चलचित्र)
तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन नेपाल चलचित्र निर्माता संघको सरकारलाई आग्रह/स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति माग्यो ।

१३.(सहयोगी बन्दै चीन)
नेपालसहित दक्षिण एसियाका चार मुलुकसँग कोभिड–१९ को खोपमा सबैको सहज पहुँच र उपलब्धता लगायतका विषयमा चीनद्वारा भिडियो छलफल आयोजना/सो छलफलमा चीनको बीआरआईमा कसरी सहकार्य गर्ने भन्ने सम्बन्धमा समेत छलफल ।

१४.(चलायमान बन्दै खेल)
कतार विश्वकप छनोट अन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिना भित्र सकिने/छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
कोरोना महामारीबाट हालसम्म विश्वमा १२ लाख ९१ हजार बढीको मृत्यु /५ करोड २५ लाख बढी संक्रमित मध्ये ३ करोड ६७ लाख संक्रमणमुक्त ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top