अमेरिकामा साढे दुई लाखभन्दा बढी संक्रमितको मृत्यु

३ मंसिर ७७, बिहीबार

४ मंसिर, एजेन्सी ।
संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो। अहिले त्यहाँ पुनः एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धिमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

Advertisement

बुधवार बीबीसीसँग कुरा गर्दै देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको बताएका छन्। किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन्।

गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ।

Advertisement

अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो।

यसले तीन लाख बालबालिकालाई असर पर्नेछ। त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन्। संवाददाताहरूले कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन्।

मृतक बढ्न सक्ने

बीबीसीसँगको कुराकानीमा फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन्।

उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए। उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुनः आह्वान गरे। खोप विकास नहुन्जेलसम्म यस्ता सुरक्षात्मक उपाय अपनाउन उनको आग्रह छ।

खोप विकासमा के भइरहेको छ?

बुधवार फाइजर र बायोएनटेकले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूले विकास गरेको खोपले ६५ वर्ष माथिका मानिसहरूमध्ये ९४ प्रतिशतलाई भाइरसबाट जोगाउने देखिएको छ।

गत साता फाइजर र बायोएनटेकले प्रारम्भिक विवरण दिँदै उनीहरूले विकास गरेको खोपले ९० प्रतिशत काम गर्ने र त्यसबाट कुनै स्वास्थ्य सुरक्षासम्बन्धी खतरा नहुने जनाएका थिए।

अमेरिकी कम्पनी मोडेर्नाले पनि उसले विकास गरेको खोपले ९५ प्रतिशत सुरक्षा दिने जनाएको थियो। रुसमा विकास गरिएको अर्को एउटा खोपले पनि त्यस्तै सुरक्षा दिने दाबी गरिएको छ।

खोपको खर्च

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २० प्रतिशत जनसङ्ख्यामा कोभिड–१९ विरुद्ध खोप लगाउनका लागि दुई अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताएको छ।

क्षेत्रीय निकाय पान अमेरिकन हेल्थ अर्गनाइजेसनले भनेको छ– आगामी वर्षको अन्त्यसम्ममा उसले त्यस क्षेत्रमा कम्तीमा दुई अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ।

यद्यपि उक्त संस्थाका एकजना प्रवक्ताले यो सबैका लागि पर्याप्त नहुने बताए। उसले खोप कार्यक्रममा सहयोगका लागि त्यस क्षेत्रका सरकारहरूसँग नजिक रहेर काम गरिरहेको जनाएको छ।(बीबीसी)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top