×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

तिहारमा १६ लाख फूलको माला खपत, पोहोरभन्दा ३६ प्रतिशतले कम कारोबार

५ मंसिर २०७७

५ मंसिर, काठमाडौं । यसवर्षको चाड तिहारमा सयपत्री र मखमली गरी १६ लाख मालाको खपत भएको छ ।

अघिल्लो वर्ष झण्डै २५ लाख मालाको कारोबार भएकोमा यसवर्ष १६ लाख मात्रै मालाको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले जनाएको छ ।

Advertisement
Advertisement

यसवर्षको तिहारमा झण्डै १३ लाख सयपत्री र ३ लाख मखमली गरी १६ लाख मालाको कारोबार भएको एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । यसवर्ष सयपत्री र मखमली फूलको कारोबारमा ३६ प्रतिशतले कमी आएको छ ।

तिहारमा खासगरी फूलको धेरै कारोबार हुने गर्छ । विशेष गरी यमपञ्चकको पाँच दिनमा सयपत्री र भाइटीकाका लागि मखमली फूलको बढी कारोबार हुन्छ । तिहारमा सयपत्री फूलको प्रतिमाला ७० देखि १ सय २५ रुपैयाँसम्म र मखमलीको ५० देखि ८० रुपैयाँसम्म बजारमा कारोबार भएको छ ।

अध्यक्ष कसजुका अनुसार केही वर्ष अघिसम्म तिहारमा फूलको आयात गर्नुपर्थ्यो, तर यसवर्ष तिहारमा आवश्यक सयपत्री फूलको माला आन्तरिक उत्पादनबाटै परिपूर्ति भएको छ ।

मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यात समेत हुने गरेको छ । यसवर्षको तिहारमा कोरोना कहरका बीच पनि झण्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।

यसवर्ष आन्तरिकतर्फ ११ करोड ७० लाख रुपैयाँ बराबरको सयपत्री र एक करोड ८० लाख रुपैयाँको मखमलीको कारोबार भएको छ । त्यस्तै ४५ लाख रुपैयाँ बराबरको मखमली निर्यात भएको छ । सयपत्री र मखमली गरी १३ करोड ९५ लाख रुपैयाँको कारोबार भएको एशोसियसनले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले आर्थिक वर्ष ०७१र०७२ देखि ०७४र७५ सम्म सरकारसँगको सहकार्यमा सयपत्री फूलको उत्पादन विस्तार तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको थियो ।

यस कार्यक्रममार्फत विभिन्न जिल्लाहरुमा पुष्प खेती गरिरहेका पुष्प उद्यमी तथा किसानलाई छनौट गरी ६२ रोपनी भन्दा बढी क्षेत्रफलमा टनेल निर्माणमा सहयोग गरी व्यावसायिक सयपत्री फूलको उत्पादन विस्तारमा सघाउ पुर्याएको थियो । यसले थप सयपत्री फूलको उत्पादन विस्तार गर्यो ।

Advertisement
Advertisement

तर अझै पनि उत्पादन प्रविधिको विकास, भण्डारण, ढुवानी तथा बजारीकरणको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेको अध्यक्ष कसजुले बताए । यसवर्ष कोरोना महामारीले फूलको व्यवसाय विस्तारमा असर पारेको पनि अध्यक्ष कसजुको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top