×

NEPAL TIMES UPDATES

Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026

अफगानिस्तान गृहयुद्धः दैनिक ५ बालबालिकाको मृत्यु, २६ हजार बढीले ज्यान गुमाए

९ मंसिर २०७७

९ मंसिर, एजेन्सी ।
अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५ देखि २०१९ सम्म अफगानिस्तानको गृहयुद्धमा २६ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको उल्लेख छ ।

Advertisement
Advertisement

राष्ट्रसंघको मुख्यालयमा भएको एक कार्यक्रममा सहभागी राष्ट्रहरुले अफगान युद्धका कारण प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

अफगानिस्तानमा शान्ति वार्ता र अमेरिकी सेनाको घर फिर्ता हुनेबारेका गतिविधिहरु अलमलमा परिरहेका बेला हिंसाका घटनाहरु अझै बढीरहेका छन् ।

सेभ द चिल्ड्रेनका अनुसार जारी युद्धका कारण बालबालिकाहरुका लागि विश्वका असुरक्षित ११ राष्ट्रमध्ये अफगानिस्तान पनि एक रहेको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार युद्धका कारण सबैभन्दा बढी ज्यान गुमाउने बालबालिका अफगानिस्तानमै रहेको बताइएको छ ।

तालिवान र अन्य विद्रोहीविरुद्ध अमेरिकी सेनाले गरेको कारवाहीका क्रममा ती बालबालिकाहरु मारिएका हुन् ।

Advertisement
Advertisement

कारवाहीका क्रममा सेनाले विद्यालयहरुमा आक्रमण गर्दा बालबालिकाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top