पूर्व क्रिकेटर मनोज कटवाल बन्द प्रशिक्षणको सहायक प्रशिक्षक

पूर्व क्रिकेटर मनोज कटवाल बन्द प्रशिक्षणको सहायक प्रशिक्षक

१५ मंसिर, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहायक प्रशिक्षकको जिम्मेवारी पूर्व क्रिकेटर मनोज कटवाललाई दिएको छ ।

आगमी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै क्यानले बिहिबार देखि बन्द प्रशिक्षण थालेको छ ।

प्रमुख प्रशिक्षकमा जगत टमटा रहँदा सहायक प्रशिक्षकमा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर कटवाललाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

कटवालको प्रशिक्षकमा नेपाल पुलिस क्बलले एक दर्जन भन्दा बढी उपाधि जितेको छ । उनकै प्रशिक्षकमा पुलिसले गत वर्ष प्रधानमन्त्री एक दिवसिय कपको उपाधि जितेको थियो ।

सन् २०६२ देखि नेपाल पुलिसबाट खेल्न थालेका कटवाल २०६७ सालमा प्रशिक्षण समालेका थिए । विकेटकिपर कटवालले यू १७ हुँदै सन् २००० देखि २००६ सम्म नेपाली राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए ।

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) चितवन राइनोजले अपराजित रहँदै उपाधि जित्दा कटवाल प्रशिक्षक थिए । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र धनगढी प्रिमियर लिग (डिपिएल) मा धनगढी स्टार्सको प्रशिक्षको रुपमा काम गरि सकेका छन् ।

क्यानले बन्द प्रशिक्षणमा सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ जनालाई प्रशिक्षणमा बोलाएको छ । जसमा कुशल मल्ल कक्षा १२ को परिक्षा सकेर प्रशिक्षणमा सामेल हुनेछन् ।

सन्दीप लामिछाने कोरोना सक्रमणको कारण अस्पताल भर्ना भएका छन् । उनी कोरोनालाई जितेपछि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । वसन्त रेग्मी पनि कोरोना संक्रमणको कारण गृहनगर भैरहवामा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.