नेपाली रेफ्री कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा

१५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् ।

फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए ।

यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको संघले जनाएको छ । राई पनि बढुवा भएको अवस्थामा नेपालबाट तीन जना अन्तर्राष्ट्रिय भलिबल रेफ्री हुने महासचिव चन्दले बताए । धेरै राष्ट्रमा अन्तर्राष्ट्रिय रेफ्री नरहेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय रेफ्री उत्पादन गर्नु ऐतिहासिक कुरा रहेको उनले थपे ।

राना गौतम लासिवा पछि एफआइभीबीबाट आधिकारिक अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्ने दोस्रो रेफ्री बनेका छन् । एफआइभीबीको बोर्ड प्रशासनले नोभेम्वरको सुरुवातमै रानालाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा गरेको उल्लेख गरेको छ ।

रानाले सन् २०१४ मा जापानमा भएको एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा म्याच खेलाउनुको साथै कोर्स गर्दा चन्द्रबदनाले श्रीलंकामा एसियन च्यालेन्ज कपमा म्याच खेलाउनुको साथै कोर्स गरेकी थिइन् ।

बढुवाका लागि एसियन गेम्स वा एसियन च्याम्पियनसिप अथवा एभीसीको आधिकारिक खेलहरु कम्तीमा पनि दुई खेल खेलाउनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको अवधि ५ वर्षसम्म हुने ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेल खेलाएर अन्तर्राष्ट्रिय रेफ्री बनिसक्नुपर्ने नभए खारेज हुने छ ।

नेपालमा पुर्ण प्रसाद गौतम, बिकास गुरुङ, टहल सिंह थापा र विजयी केसी गरी चार जना एसियन रेफ्री क्यान्डिडेट रहेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय खेललाई रिफरिङ गर्न पाउने छन् तर, उनीहरु एसियन रेफ्री हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top