राम्रो फल नलाग्दा सुन्तला उत्पादक कृषक मारमा

१६ मंसिर ७७, मंगलबार

१६ मंसिर, तनहुँ ।

Advertisement

तनहुँका सुन्तला उत्पादक कृषक यस वर्ष राम्रो फल नलाग्दा मारमा परेका छन् । बर्षेनी करोडौँ रुपैयाँको सुन्तला निर्यात गर्ने यहाँका किसानहरु यस बर्ष बोटमा फल नलागेपछि मारमा परेका हुन ।

सुन्तलाको फुल र फल लाग्दा असिना परेका कारण उत्पादन घटेको शुक्लागण्डकी ११ नाम्सीकोटका कृषक हिमाल महतले बताए । उनले आफ्नो बगैचाबाट बर्षेनी ३५ देखि ४० लाख बराबरको सुन्तला बेच्दै आएका थिए ।

Advertisement

यस वर्ष भने सुन्तलाको दाना लाग्ने बेलामा पानी परेकाले उत्पादन चारगुना घटेको उनको भनाई छ । सुन्तला उत्पादनका किसानले गत बर्ष समेत असिनाका कारण उत्पादनमा क्षति ब्यहोरेको उनले बताए।

महतले असिनाबाट सुन्तला जोगाउन कृषि ज्ञान केन्द्र मार्फत जालिको ब्यवस्था गरिदिन कृषि ज्ञान केन्द्रलाई आग्रह गरेको जानकारी दिए ।जिल्लामा सुन्तला उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको नाम्सीकोटको सुन्तला बेच्न यस बर्ष समस्या भएको मध्यस्तकर्ता (ठेकेदार) धादिङ्गका इन्द्रबहादुर शाहीले बताए। बोटमा सुन्तलाका दाना सानो र रस राम्रोसँग नपसेकाले बजारमा समेत आकर्षक मुल्य नपाउने गरेको उनले गुनासो गरे । झण्डै २५ बर्षदेखि बर्षेनी नाम्सीकोटको सुन्तला खरिद गर्दै आएका शाहीले सुन्तलाको बजार उत्साहजनक नभएको बताए।

Advertisement

यस्तै जिल्लाको म्याग्दे गाउँपालिकामा पनि सुन्तला उत्पादनमा कमी आएको छ । म्याग्दे २ उमाचोकका ब्यवसायिक सुन्तला कृषक विश्वबहादुर अधिकारीले यस बर्ष अत्याधिक बर्षा भएका कारण म्याग्देमा सुन्तला उत्पादन घटेको जानकारी दिए । बार्षिक ५० लाख बराबरको सुन्तला विक्री गर्ने अधिकारीले आफ्नो बगैचामा यस बर्ष ३०—४० प्रतिशत उत्पादन घटेको जनाए।

उमाचोक खानीगाउँ सुन्तला ब्लक क्षेत्र घोषणा गरि ब्यवसायीक सुन्तला खेती गर्ने कृषकले यस बर्षमा मात्र झण्डै १३ हजार सुन्तलाको बेर्ना रोपेको वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताए ।

तनहुँको कुल १ हजार ६ सय हेक्टरमा सुन्तलाको ब्यवसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले यस बर्ष तनहुँमा ८ देखि ९ हजार टन सुन्तलना उत्पादन गरि २३ करोड भित्राउने लक्ष्य रहेको बताए । केन्द्रले सुन्तला खेति गर्ने कृषकहरुलाई तालिम तथा अनुदान प्रदान गरेर ब्यवसायिक उत्पादनमा जोड दिएको छ ।

जिल्लामा शुक्लागण्डकी नगरपालिका ११ नाम्सीकोट राईपुर, म्याग्दे गाउँपालिकाकाको उमाचोक, ब्यास नगरपालिका १३ बेनिकोट, देवघाट गाउँपालिकाको छिपछिपे, लुरिङ्ग क्षेत्रमा ब्यवसायिक रुपमा सुन्तला खेति हुदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top