अन्तिम ओडीआई खेलमा भारतको रोमान्चक जित, सिरिज अस्ट्रेलियालाई

१७ मंसिर ७७, बिहीबार

१७ मंसिर, एजेन्सी ।

भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । मानुका ओभल क्यानबेरामा भएकाे तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गर्दै सिरिज  आफ्नाे पक्षमा पारिसकेकाे थियाे ।

बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया ग्लेन म्याक्सवेलले ३८ बलमा ३ चौका र ४ छक्का सहित ५९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । म्याक्सवेललाई ४५ औं ओभरको चौथो बलमा जस्प्रित बुमराहले योर्करमा बोल्ड आउट गरेका थिए । जुन विकेट भारतलाई जितको टर्निङ प्वाइन्ट बन्यो ।

एक समय अष्ट्रेलियालाई अन्तिम ३६ बलमा ३९ रन आवश्यक हुँदा ४ विकेट हातमा रहेको थियो । कमजोर अन्त्यका कारण पराजित हुन पुग्यो । अष्ट्रेलियाले पहिलो विकेट छैटौं ओभरको पहिलो बलमा ओपनर मार्नस लाबुसेनलाई ७ रनमा गुमाएको थियो । डेब्यू खेल खेलका तीव्र गतिका बलर टि नटराजनको बलमा एज लागेर बोल्ड आउट हुन पुगेका थिए । सुरुवाती दुबै खेलमा शतक प्रहार गरेका स्टिभ स्मिथ भने तेस्रो खेलमा चल्न सकेनन् । तीव्र गतिका बलर शार्दुल ठाकुरको १२ औं ओभरको दोस्रो बलमा लेग साइडमा सट खेल्ने क्रममा स्मिथ एज लागेर विकेटकिपर लोकेश राहुलबाट ७ रनमा क्याच आउट हुन पुगे ।

तेस्रो विकेटका लागि कप्तान आरोन फिन्च र मोईसेस हेनरिक्सले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । ठाकुरको २३ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा हेनरिक्स मिडअनमा शिखर धवनबाट २२ रनमा क्याच आउट हुन पुगे । उनले ३१ बलमा ३ चौका प्रहार गरे । २६ औं ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्च ठूलो सट खेलेका फिन्च लङअनमा शिखर धवनबाट ७५ रनमा क्याच आउट भएपछि अष्ट्रेलिया १२३–४ को कमजोर अवस्थामा पुगेको थियो । फिन्चले ८२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

युवा अलराउन्डर क्यामरन ग्रिन २७ बलमा १ चौका र १ छक्का सहित २१ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि ग्लेन म्याक्सवेल र विकेटकिपर एलेक्स केरीले ५२ रनको साझेदारी गर्दै सहज जितको सम्भावना देखाएका थिए । तर केरीले तालमेल गर्न नसक्दा विकेटकिपर लोकेश राहुलबाट ३८ रनमा रन आउट भएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । केरीले ४२ बलमा ४ चौका प्रहार गरे ।

सातौं विकेटका लागि म्याक्सवेल र एस्टन अगरले ४१ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरे । भारतको जितमा शार्दुल ठाकुरले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले १० ओभरमा २ मेडन सहित ७० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ९.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । कुलदीप यादव र रविन्द्र जडेजाको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । अलराउन्डर हार्दिक पान्ड्याले ७६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९२ रनमा अविजित रहेका थिए । जडेजा ५० बलमा ५ चौका र ३ छक्का सहित ६६ रनमा अविजित रहे । कमजोर अवस्थामा रहेको भारतलाई छैटौं विकेटका लागि हार्दिक र रविन्द्र जडेजाले १ सय ८ बलमा १ सय ५० रनको महत्वपूर्ण अविजित साझेदारी गरेका थिए ।

कप्तान विराट कोहलीले ७८ बलमा ५ चौका सहित ६३ रनको योगदान दिए । भारतले पहिलो विकेट छैटौं ओभरको पाँचौ बलमा शिखर धवनलाई ब्यक्तिगत १६ रनमा गुमाएको थियो । ओपनर सुभमन गिल र शिखर धवनले पहिलो विकेटका लागि ५.५ ओभरमा २६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर सन एबटले धवनलाई एस्टन अगरबाट क्याच गराए । धवनले २७ बलमा २ चौका प्रहार गरे । १६ औं ओभरको चौथो बलमा स्पिनर अगरले गिललाई ३३ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान कोहली र गिलले ५६ रनको साझेदारी गर्दै इनिङ थोरै उकासेका थिए । २३ औं ओभरको चौथो बलमा स्पिनर एडम जाम्पाले श्रेयस ऐरलाई १६ रनमा मार्नस लाबुसेनबाट क्याच आउट गराएपछि भारत ११४–३ को कमजोर अवस्थामा पुगेको थियो । २६ औं ओभरको तेस्रो बलमा अगरलेनै विकेटकिपर राहुललाई ५ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिनए फर्काए ।

३२ औं ओभरको अन्तिम बलमा कोहली क्याच बिहाइन्ड आउट हुन पुगे । जोश हेजलवुडको बलमा कोहली विकेटकिपर एलेक्स केरीबाट क्याच बिहाइन्ड आउट हुन पुगेका थिए । अष्ट्रेलियाले रिभ्यु लिँदै कोहलीलाई पेभिलिएन फर्काएको थियो । जुन समय भारत १५२–५ को अवस्थामा पुगेको थियो । हेजलवुडले कोहलीलाई ओडिआईमा लगातार चौथो पटक आउट गरेका हुन् ।

त्यसपछि भने हार्दिक र जडेजाले राम्रो साझेदारीले प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । स्पिनर एस्टन अगरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, एडम जाम्पा र सन एबटले एक एक विकेट लिए ।

पहिलो खेलमा भारत ६६ र दोस्रो खेलमा ५१ रनले पराजित हुँदै सिरिज गुमाएको थियो । यी दुई देशबीच थप तीन टि२० र चार टेष्टको खेलको सिरिज छ । पहिलो टि२० शुक्रबार हुने छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top