सुविधा फिर्ता गर्न संघद्वारा प्रदेशलाई पत्राचार, प्रदेशद्वारा सर्वोच्चमा निवेदन दायर

२० मंसिर ७७, आइतबार

काठमाडौं : संघीय सरकारले प्रदेश सरकारद्वारा सञ्चालन भइरहेको विभिन्न कार्यक्रम र परियोजना आफैं सञ्चाल नगर्ने गरी बोलपत्र आह्वान गर्ने भएको छ । सोहीअनुसार संघले भवन, सवारीसाधन तथा अन्य भौतिक साधन–स्रोत फिर्ता गर्न पत्राचार गरेको छ । पत्राचारविरुद्ध संघ र २ नम्बर प्रदेशबीच गम्भीर संवैधानिक प्रश्न उठेको छ ।

संघीय सरकारको यस्तो कार्यबाट आफ्नो संवैधानिक अधिकार हनन भएको उल्लेख गरी प्रदेश नम्बर २ को सरकारले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ । प्रदेश नम्बर २ को सरकारले अनुमति दिएपछि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार निवेदन दिनुभएको हो ।

संघीय सरकारअन्तर्गतको भूमिगत जलस्रोत विकास समितिले गत कात्तिक २१ गते पत्र पठाई प्रदेश सरकारले प्रयोग गर्दै आएको भवन, सवारीसाधनलगायतका अन्यभौतिक स्रोत संघ सरकारलाई फिर्ता गर्न भनेको थियो । यसै गरी, ‘समृद्ध तराई–मधेस सिंचाई विशेष कार्यक्रम’ जावलाखेलले गत कात्तिक २४ गते बोलपत्र आह्वान गरी विभिन्न परियोजना तथा कार्यक्रमहरु संघले आयोजना गर्ने जनाउ दिएको थियो । यसभन्दा अघि त्यस्ता कार्यक्रम तथा परियोजना प्रदेश सरकारले नै सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।

Advertisement

सर्वोच्चमा दिइएको निवेदनमा संघद्वारा पठाइएको पत्र र बोलपत्र आह्वान गर्ने कार्यले आफ्नो संवैधानिक अधिकार खोसिएको उल्लेख गरिएको छ । परिपत्रमा आर्थिक वर्ष २०७७÷०७८ देखि संघअन्तर्गत भूमिगत सिँचाइसम्बन्धी कार्यक्रमहरु सञ्चालन हुन गइरहेको उल्लेख छ । प्रदेशअन्तर्गत डिभिजन कार्यालयले प्रयोग गर्दै आएको सवारीसाधन, भवनलगायत भौतिक साधन स्रोतहरु संघ मातहतका कार्यालयलाई फिर्ता गर्नुपर्ने व्यहोरा पनि उक्त पत्रमा उल्लेख छ ।

संविधानको अनुसूचि–६ मा भएको व्यवस्थाअनुसार भूमिगत सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पाउने अधिकार प्रदेश सरकारको भएको उल्लेख गर्दै प्रदेश–२ द्वारा दायर गरिएको निवेदनमा प्रयोगमा आइरहेका कार्यालय भवन, सवारी–साधन तथा अन्य मेसिनरी उपकरण फिर्ता दिँदा विभिन्न कार्यक्रममा बाधा आउने दाबी गरिएको छ ।

Advertisement

यदि ठूला सिँचाइ आयोजना छ भने मात्र संघ सरकारले उपयोग गर्न पाउने हो भन्दै निवेदनमा भूमिगत पानीको व्यवस्थापन र मझौलाखालको सिँचाइ उपकरणको प्रयोग गरी सीमित क्षेत्रमा गरिने सिँचाइसम्बन्धी कार्यक्रम प्रदेश मातहत हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारी पर्ने विकास कार्यक्रम तथा आयोजनको वर्गीकरण तथा बाँडफाँडसम्बन्धी मापदण्ड–२०७६ मा तराई–मधेसमा ५ हजार हेक्टरभन्दा तलको सिँचाइ आयोजना प्रदेश सरकारले हेर्ने र साभन्दा माथि मात्र संघले हेर्ने भन्ने व्यवस्था भएको जनाउँदै निवेदनमा संघको परिपत्र र बोलपत्रले गर्दा यो व्यवस्था उल्लंघन भएको स्पष्ट गरिएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top