गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता

२२ मंसिर, काठमाडौं । भूतपूर्व सैनिक संयुक्त संघर्ष समितिले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता लिएर सरकारले आफूहरुको माग पूरा गरेको बताएका छन् ।

Advertisement

सरकारले २०७७ असार १७ गतेको निर्णय बाट बेलायती भूतपूर्व सैनिक, भारतीय भूतपूर्व सैनिक र सिंगापुर पुलिसका सदस्य तथा तीनका परिवारलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको थियो ।

त्यस यता आफुहरुले पनि देशका लागि योगदान गरेकाले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग राख्दै भूतपूर्व सैनिक संयुक्त संघर्ष समितिले सरकारका विभिन्न निकायमा दवाव दिदै आएको थियो ।

Advertisement

अहिले भने सरकारले यसै आर्थिक वर्ष भित्र सामाजिक सुरक्षा भत्ता पाउने गरी अध्यादेश जारी गरेर आफूहरुको मुद्दालाई सम्बोधन गरेकोले स्वागत गरिएको गोरखा भूतपूर्व सैनिक संघका सभापति एवं भूतपूर्व सैनिक संयुक्त संघर्ष समितिका संयोजक कृष्णकुमार राईले बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि संयोजक राईले सर्वोच्च अदालतमा सरकारको निर्णयको विरुद्धमा रिट निवेदन दायर गरेका थिए । २०७७ साउन ११ गते नेपाल सरकारका नाममा कारण देखाउ आदेश भई मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top