×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

अमेरिकामा टीपीएस अन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप

२५ मंसिर २०७७

२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) कार्यक्रम अन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ ।

बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ ।

उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो ।

नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन् ।

टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन् ।

अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ ।

Advertisement
Advertisement

अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिसहरु छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top