२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन ।
वाइडबडिदेखि औषधि खरिदसम्म भ्रष्टाचार भएको भन्दै उनले नेकपाकै बहुमत नेताले ओली सरकार भ्रष्टाचारमा डुबेको बताएको तर्क पेश गरे । कांग्रेसले सरकारविरूद्ध काठमाडौंमा गरेको प्रदर्शन पछिको कोणसभामा बोल्दै उनले प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लगाएका छन् । उनले बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखिएको बताएका छन् । कांग्रेस सरकारमा हुँदा पनि भ्रष्टाचार भएपनि कारबाही गरिएपनि अहिले भने सरकारले नै उम्काएको उनको दाबी छ । मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्ने गरेको जिकिर गरे ।