दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(संसद भङ्ग)
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन / मन्त्रिपरिषद्को सिफारिस बमोजिम २०७८ वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने ।

२.(विघटनको विरोध)
संघीय संसदको प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न शहरमा प्रदर्शन /प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको ठहर ।

३.(कारबाही कि अविश्वास ?)
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदद्वारा संसद विघटन अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता/प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय ।

४.(आशा सर्वाेच्चको)
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन भएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर भएन /संसद विघटनविरुद्ध कानूनी उपचारको बाटो अघि बढाउने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ ।

५.(मन्त्रीको राजीनामा)
प्रचण्ड–नेपाल निकट मन्त्रीहरु गिरीराजमणि पोखरेल,वर्षमान पुन ,धनश्याम भुसाल, योगेश भट्टराई,शक्ति बस्नेत, रामेश्वरराय यादव र विना मगरद्वारा सामूहिक राजीनामाको घोषणा / रामबहादुर थापा र लेखराज भट्ट भने ओलीको पक्षमा ।

६.(सेना पनि सचेत)
नेपाली सेनाको जंगीअड्डामा पनि संसद विघटनका विषयमा छलफल / प्रधानमन्त्री ओलीको पछिल्लो कदमपछि देशका विभिन्न भागमा प्रदर्शन र आन्दोलन बढ्ने विश्लेषणसहित सवै युनिटलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन ।

७.(नियुक्ति पनि छुटेन)
सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता/अख्तियारमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवाल तथा निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस ।

८.(कोरोनाको संक्रमण)
नेपालमा आज थपिए ५८८ नयाँ कोरोना संक्रमित/ १ हजार ९७ जना डिस्र्चाज हुँदा थप ११ जनाको मृत्यु /हाल देशभर ८ हजार ३ सय २० सक्रिय संक्रमित ।

९.(एन्टिजेनको चर्चा)
पीसीआर परीक्षण घटाउँदै लगेको सरकारले प्रभावकारिता माथि प्रश्न उठिरहेका बेला ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने/सरकारले एन्टिजेन खरिदमा चासो दिनु कमिसनकै चक्कर भएको मन्त्रालयका अधिकारीहरुको टिप्पणी ।

१०.(वार्ता उधारो नबनोस्)
उद्योग मन्त्रालयले चिनी उद्योगबाट सम्पूर्ण वक्यौता रकम भुक्तानी गराउने प्रतिवद्धता जनाएपछि वार्तामा बसेका उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन /किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टीको पनि सर्मथन ।

११.(सिट्ठी बजाउँदै प्राध्यापक )
समान कामको समान प्रारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुद्वारा सिट्ठी बजाएर प्रदर्शन/आंशिक प्राध्यापकहरुले एक शैक्षिकसत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई पूर्णकालिन करार गर्नुपर्ने माग ।

१२.(खुल्दैछ लाइसेन्स)
विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी /लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने ।

१३.(चर्चामा आउने मेलो)
भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिलाका जानकार अशोक मेहताद्वारा नेपालको पछिल्लो घटनाक्रम भारतका लागि आन्तरिक मामिला भनी टिप्पणी/ चीनका लागि घटनाक्रम नकारात्मक भएपनि भारतका लागि सकारात्मक भएको प्रतिक्रिया ।

१४.(विघटनको चोट)
संसद विघटन भएपछि शेयर बजारमा उच्च गिरावट /समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द ।

र,

१५.(कोरोनाको कहर)
विश्वमा हालसम्म कोरोनाबाट १६ लाख ९३ हजार बढीको मृत्यु /७ करोड ६७ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ३८ लाख बढी उपचारपछि निको भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.