युरोपेली मुलुकहरुद्वारा बेलायत यात्रामा प्रतिबन्ध

६ पौष, एजेन्सी । युरोपेली मुलुकहरुले बेलायतमा यात्रा गर्न प्रतिबन्ध लगाउन थालेका छन् ।

बेलायतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएपछि आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्ड र बेल्जियमलगायतका देशहरुले बेलायतमा हवाइ उडान बन्द गरेका छन् ।

युरोपियन युनियनले यसबारे आधिकारीक निर्णय नगरेपनि ती राष्ट्रहरुले बेलायत भ्रमणका लागि आफ्नाा नागरिकलाई प्रतिबन्ध लगाएका हुन् ।

Advertisement

लण्डन र दक्षिण पूर्व इङ्ल्याण्डमा कोरोनाको जोखिम बढेसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ती क्षेत्रमा प्रतिबन्धको घोषणा यसअघि नै गरिसकेका छन् ।

क्रिसमसमा तीन क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ ।

Advertisement

स्वास्थ्य सचिव म्याट ह्यान्ककले कोरोना महामारी नियन्त्रणबाहिर जाने खतरा रहेकाले पूर्वसावधानी अुनरुप प्रतिबन्ध लगाइएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top